शुक्रबार, बैशाख ७, २०८१

सिसडोलबाट आजपनि फोहरको कन्टेनरलाई काठमाडौँ नै फर्काइयो

काठमाडौं फागुन १२,  उपत्यकाको फोहर डम्पिङ गर्नका लागि ओखरपौवा फोहरमैला समन्वयन समितिले यसअघि समितिसङग भए गरेका १२ सूत्रीय माग पूरा नभएको भन्दै स्थानीय राजनीतिक दलहरूले सिसडोलमा फोहर फाल्न पु-याएको अवरोध आजपनि जारी रहेको छ । आफूहरूसँग विभिन्न समयमा भएको सहमतिको कार्यान्वयन नभएको भन्दै फोहर फालिँदै आएको स्थान नुवाकोटको ओखरपौवा सिसडोलका विभिन्न राजनीतिक दल सम्बद्ध समितिले फोहर फाल्न अवरोध गर्दैआएको प्राप्त समाचारमा उल्लेख गरिएको छ ।

sisdol-land-fill-siteत्यस्तै समाचारमा जारी अवरोध समाप्त गर्नका लागि सरकारका मुख्य सचिव लीलामणि पौडेल र समिति सम्वद्ध व्यक्तिहरुवीच भएको वार्ता पनि निष्कर्षविहीन भएपछि जारी अवरोधलाई निरन्तरता दिदै काठमाडौँबाट फोहर बोकेर आएका कन्टेनरलाई फोहर फाल्न नदिई सोमबार समिति तथा विभिन्न दल सम्बद्ध प्रतिनिधिहरूले फोहरको कन्टेनरलाई काठमाडौँ नै फर्काइदिएको उल्लेख रहको छ ।

त्यस्तै सङ्घर्ष समितिले प्रस्तुत गरेका मागहरुमध्ये ओखरपौवा र धादिङको छत्रेदेउराली गाविसको विकास निर्माणका लागि काठमाडौँ महानगरपालिकाले वार्षिक रु एक करोड उपलब्ध गराउँदै आएको अनुदान रु दुई करोड बनाउनुपर्ने, ओखरपौवाको स्थानीय दुई माध्यमिक विद्यालयलाई उच्चमावि सञ्चालनमा सहयोग पु-याउनुपर्ने, ग्रामीण बाटोको कालोपत्र गरिदिने भनी भएको सहमतिलाई तत्काल कार्यान्वयन गर्नुपर्ने लगायतका माग रहको समाचारमा जनाईएको छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

February 2015
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
23242526272829
3031