बिहिबार, बैशाख ६, २०८१

काँग्रेसको १३ औं महाधिवेशनमा पदाधिकारीमा उम्मेदवारी दिने नेत्री कोइरालाको उद्घोष

sujata1काठमाडौं फागुन  १३ ,  नेपाली काँग्रेसकी नेत्री सुजाता कोइरालाले विराटनगरमा आज पत्रकारहरूसँगको भेटघाटमा आसन्न पार्टीको १३ औं महाधिवेशनमा आफु पदाधिकारीमा उम्मेदवारी दिने घोषणा गर्नुभएको छ ।

त्यस्तै उहाँले संविधान जारी गर्न नदिएर सरकारलाई असफल बनाउन षडयन्त्र भइरहेको प्रसङ्ग उल्लेख गर्दै वर्तमान सरकारले नै षडयन्त्रलाई चिर्दै संविधान जारी गर्ने विश्वास व्यक्त गर्नुभएको प्राप्त समाचारमा उल्लेख गरिएको छ ।