शुक्रबार, बैशाख १४, २०८१

दोषारोपण होईन आत्मसमीक्षा गरी जनतासङग गरेको वाचा पुरागर्न महासङघको आग्रह

काठमाडौ माघ १४, नेपाल पत्रकार महासङघले तत्काल संवादको प्रक्रिया सुरु गरी सहमतिमै छिटोभन्दा छिटो संविधान जारी FNJ_logo2 गर्न मुलुकका जिम्मेवार प्रमुख राजनीतिक दलहरूलाई आग्रह गरेको छ ।

यसअघि नेपाली जनतासङग गरेको वाचा नतोडौं २०७१ माघ ८ भित्रै संविधान जारी गरौ भन्ने तीन महिने विशेष अभियानसमेत सञ्चालन गरेका महासंङघका महासचिव उजीर मगरद्वारा जारी विज्ञप्तिमा शान्तिप्रक्रियालाई पूर्णतामा पुर्‍याउन लोकतन्त्र, गणतन्त्र, सङघीयता, समावेशीता, धर्म निरपेक्षताजस्ता परिवर्तनका एजेण्डालाई संस्थागत गर्नकालागि छिटोभन्दा छिटो संविधानसभाबाट संविधान जारी गर्नुको विकल्प नभएको ठहर गर्दै आन्दोलन र शान्ति सम्झौताका सहयात्री शक्तिहरूबीच न्यूनतम सझदारी र सहकार्य हुनै पर्ने भन्दै त्यसका निम्ति दलहरूले एकअर्कालाई दोषारोपण गरेर नभई आत्मसमीक्षा गरी जनतासङग गरेको वाचा, प्रतिवद्धता र जनताका आकांक्षालाई आत्मसात गर्दै अघि बढ्नसमेत आग्रह गरेको छ ।