बिहिबार, बैशाख १३, २०८१

प्रेस युनियनको कार्यसम्पादनमा सहजताका लागि सात सदस्यीय सचिवालय गठन

काठमाडौ माघ १८,  नेपाल प्रेस युनियनले नियमित रूपमा कार्यसम्पादन तथा व्यवस्थापनमा सहजताका लागि सात सदस्यीय सचिवालय गठन गरेको छ । सचिवालयमा press unionउपाध्यक्षद्वय ईश्वरी ओझा र बाला अधिकारी तथा उपमहासचिव भीष्मराज ओझालाई जिम्मेवारी तोकिएको छ । ७१ सदस्यीय केन्द्रीय समितिबाट गठन हुने सचिवालयमा अध्यक्ष, वरिष्ठ उपाध्यक्ष, महासचिव र कोषाध्यक्ष भने पदेन सदस्य रहने प्रावधान छ ।

त्यस्तै युनियनले सरकारद्वारा राष्ट्रिय सूचना आयोगको आयुक्तमा नियुक्त हुनु भएकामा युनियनका पूर्व अध्यक्ष किरणकुमार पोखरेललाई बधाईसहित कार्यकाल सफलताको कामना गरेको छ भने युनियनका अध्यक्ष बद्री सिग्देलले सञ्चार प्रतिष्ठान नेपाल कैलालीद्वारा केही दिनअघि राजधानीमा आयोजित एक कार्यक्रममा दिएको अभिव्यक्तिलाई केही सञ्चार माध्यमले भ्रामकरूपमा सम्प्रेषण गरेकामा आपत्ति जनाउँदै पत्रकारिताको आचारसंहिता विपरीत समाचार सम्प्रेषण नगर्न जारी विज्ञप्ति मार्फत आग्रह गरेको छ ।