शनिबार, बैशाख १५, २०८१

सूचनाको हकको प्रभावकारी कार्यान्वयन सहित जवाफदेही बनाउन विज्ञहरुको सुझाव

काठमाडौ माघ १२, राष्ट्रिय सूचना अयोगद्वारा आज यहाँ आयोजित कार्यक्रममासूचना र यसको हकलाई अर्थपूर्ण एवम् सूचनाको हकको प्रभावकारी कार्यान्वयन सहित rti_standard_signature_eng_colour-copyजवाफदेही बनाउन आवश्यक सम्पूर्ण विधिलाई प्रयोग गर्न विज्ञहरूले राष्ट्रिय सूचना आयोगलाई सुझाव दिएका छन् ।

अयोगद्वारा आज राजधानीमा आयोजित कार्यक्रममा सूचनाका हकसम्बन्धी विज्ञहरु क्रमस फ्रिडम फोरमका अध्यक्ष तारानाथ दाहाल, प्रशासकीय अदालतका अध्यक्ष काशीराज दाहाल र डा रामकृष्ण तिमल्सेना लगायतका वक्ताहरुल यस्तो सुझाव दिदै सूचनाको अधिकार प्रवद्र्धनभन्दा संरक्षण गर्न आयोगलाई ध्यानाकर्षण गराएको हो ।

कार्यक्रममा आयोगका प्रमुख सूचना आयुक्त कृष्णहरि बाँस्कोटाले संविधान प्रदत्त सूचनाको हकलाई कार्यान्वयन गर्न बनेको सूचनाको हकसम्बन्धी ऐन २०६४ र नियमावली २०६५ को प्रभावकारी कार्यान्वयनका अनुगमन सुरु गरिएको जानकारी दिनुभएके थियो भने सूचना आयुक्त किरण पोखरेलले सूचना दिने संस्कृति विकास गर्न आयोगले काम गर्ने बताउनुभएको थियो ।