बिहिबार, बैशाख २०, २०८१

प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको सम्मान गर : महासङघ

 काठमाडौं माघ ९, पछिल्लो समयमा स्वतन्त्र प्रेसमाथि धम्कीपूर्ण अभिव्यक्ति सहित सार्वजनिक सञ्चारमाध्यम तथा सामाजिक सञ्जालमार्फत अमर्यादित शब्द र FNJ_logo2उत्तेजित प्रस्तुति आउने तथा सञ्चारमाध्यम र पत्रकारहरुमाथि सार्वजनिक रूपमै धम्की दिने प्रवृत्ति बढ्दै गएको भन्दै प्रस्तुत प्रवृत्ति विरुद्ध संस्थागतरुपमा आफ्नो गम्भीर ध्यानाकर्षण भएको नेपाल पत्रकार महासङघले जनाएको छ ।

महासङघले आज एक विज्ञप्ति प्रकाशीत गरी समाचार प्रकाशन/प्रसारण भएको विषयलाई लिएर सञ्चारमाध्यम तथा पत्रकारलाई लक्षित गरी पूर्वसञ्चारमन्त्री अग्निप्रसाद सापकोटाले नेपाल समाचार पत्र दैनिकका सम्पादक टंक पन्तलाई चेतावनीपूर्ण भाषामा धम्की दिएका घटनाको भत्र्सना गर्दै महासङघले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको सम्मान र पत्रकारको सुरक्षाप्रति गम्भीर बन्न सम्वद्ध सबैको पुनः ध्यानाकर्षण गराउँएका छन ।

साथै विज्ञप्तिमा सामाजिक सञ्जालमा अभिव्यक्ति स्वतन्त्रताको उपयोग गर्दा सामाजिक मर्यादालाई ख्याल गर्न पनि सम्वद्ध सबैमा महासङघले अपील गरेको छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

January 2014
S M T W T F S
 1234
567891011
12131415161718
19202122232425
262728293031