शनिबार, चैत्र १८, २०७९

आर्थिक सुधारको क्षेत्रमा आर्थिक पत्रकारहरुको भूमिका महत्वपूर्ण : भारतीय राजदूत रे

काठमाडौं पौष २६, आर्थिक सुधारका लागि सञ्चारमाध्यमहरुले प्रभावकारी भूमिका निर्वाह गर्नुपर्ने विज्ञहरुले जोड दिएका छन । आर्थिक सुधारको अभियान लगानी  आकर्षित गर्नका लागि अपरिहार्य रहेकाले देशको आर्थिक समुन्नतिकाका लागि आर्थिक पत्रकारहरुको भूमिकामा विज्ञहरुले जोड दिएका हुन् ।
काठमाडौंस्थित भारतीय दूतावास, नेपाल–भारत उद्योग वाणिज्य संघ तथा इण्डिपेण्डेन्ट विजनेस न्यूजले संयुक्त रुपमा शुक्रवार राजधानीमा आयोजना गरेको “आर्थिक सुधारमा आर्थिक पत्रकारको भूमिका” विषयक कार्यक्रममा बोल्दै नेपालका लागि भारतीय राजदूत रणजीत रेले आर्थिक पत्रकारहरुले आर्थिक सुधारको महत्वपूर्ण पक्ष नीतिगत सुधार लगायतमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने सक्ने बताउँनु भएको छ ।

भारतीय राजदूत रेका अनुसार, भारतले व्यावसासयिक वातावरण सुधारका खातिर आर्थिक सुधारलाई प्राथमिकतामा राखेको छ । “भारतको मुख्य उद्देश्य भनेको व्यावसायिक वातावरण सुधार हो र भारतले पहिलो ५० औं स्थानभित्र पर्ने लक्ष्य राखेको छ, यो मूलतः निजी व्यवसायको विकास र विस्तारका लागि वातावरण निर्माण गर्ने हो,” कार्यक्रममा भारतीय राजदूतले भने, “भारत सरकारको यो योजनाबाट नेपालले पनि फाइदा लिनुपन अभिमत सहित भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणले नेपाल भारत द्विपक्षीय आर्थिक सम्बन्धले गति लिएको उल्लेख गर्नुभएको थियो ।
कार्यक्रममा कार्यपत्र प्रस्तुत गर्दै वरिष्ठ आर्थिक पत्रकार अच्युत वाग्लेले सञ्चारमाध्यमले क्रान्ति ल्याउन नसक्ने तर सुधारका लागि प्रशस्त भूमिका निर्वाह गर्न सक्ने बताए ।
“आर्थिक सुधारको मुख्य उद्देश्य भनेको कार्यदक्षतामा सुधार गर्ने हो यो वृहत्तर तथा सुक्ष्म दुवै तहमा गर्नुपर्छ । सुक्ष्म तहमा सुधार श्रमिकबाट प्राप्त उपलब्धिमा आधारित हुन्छ भने वृहत्तर तहमा आर्थिक वृद्धिसँग केन्द्रीत हुन्छ,” वाग्लेले भने । उनले आर्थिक पत्रकारहरुको क्षमता विस्तारमा जोड दिए ।  त्यस्तै, पूर्व वाणिज्य सचिव पुरुषोत्तम ओझाले मजबुत द्विपक्षीय आर्थिक सम्बन्धमा जोड दिदैं आगामी वर्ष नेपाल भारत वाणिज्य सन्धि पुनरावलोकनका अवधिमा यसतर्फ ध्यान दिनुपर्नेम जोड दिएको प्राप्त समाचारमा उल्लेख गरिएको छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

January 2014
S M T W T F S
 1234
567891011
12131415161718
19202122232425
262728293031