शुक्रबार, चैत्र १६, २०८०

व्यापारीहरुले कालोबजारी गर्दै ग्यास सिलिण्डर लुकाएको उपभोक्ताको आरोप, आगामी सातादेखि एलपी ग्यास बजारमा सहज हुन्छ: निगम

ग्यासको चरम अभाव अवस्थालाई ध्यान दिदै संसदीय समितिद्दारा अनुगमन

काठमाडौ पौष २४,  नेपाल आयल निगमले गत महिनामा ग्यास आयातको परिमाणमा केही कमी आएकाले बजारमा अभाव देखिएको भन्दै संभव भए भोली अर्थात LP_gas_cilinder13शुक्रबारदेखि यदि नभए आगामी सातादेखि खाना पकाउने एलपी ग्यास बजारमा सहज हुने जनाएको छ ।  निगमका कार्यकारी निर्देशक चण्डिका भट्टका अनुसार गत आवको डिसेम्बरमा १९ हजार ७७५ मेट्रिक टन ग्यास आयात भएको तर चालु आवको सोही अवधिमा १८ हजार ८८६ टनमात्र आयात भएकाले बजारमा खाना पकाउने ग्यासमा केही समस्या देखिएको बताउनु भएको छ ।

त्यसैगरी, निगमले पेट्रोलियम पदार्थ र भारतको रक्सौलबाट मात्र आयात गर्दा बजारको मागलाई धान्न नसकिएकाले बरौनीबाट दैनिक थप १५ ट्याङ्कर थप गरी तीन लाख लिटर ल्याउन लागिएको जानकारी दिएका छन ।  सर्वसाधारणले महिनौ दिनदेखि एक सिलिन्डर ग्यास पाएका छैनन् । हालको बजारको उच्च मागलाई ध्यानमा राखी जनवरीमा एलपी ग्यास मात्रै २५ हजार मेट्रिकटन आयात बढाएको निगमले जनाएको छ ।

यसैवीच बजारमा ग्यासको चरम अभाव हुनुको कारण लिखित रुपमा पेश गर्न व्यवस्थापिका संसदको वाणिज्य तथा उपभोक्ता हित सम्बन्ध समिति सम्वन्धित निकायलाई निर्देशन  दिदै  संसदीय समितिले काठमाडौं भित्रका  रहेका ग्यास उद्योगहरुको अनुगमन गरेको थियो ।  निगमले पछिल्ला दिनमा आपूर्ति बढाइएको भन्दै केही दिनमै अभाव हट्ने दाबी गरेको छ । तर, व्यापारीहरुले नै कालोबजारी गर्दै ग्यास भएका सिलिण्डर लुकाएपछि अभाव थप बढेको उपभोक्ताहरुले  आरोप लगएका छन ।