शुक्रबार, बैशाख १४, २०८१

महासङ्घले सञ्चारमाध्यमलाई समावेशी बनाउन पहल सुरु गर्ने

काठमाडौ पौष २१, नेपाल पत्रकार महासङ्घको समावेशी समितिको अईतवार बसेको बैकले सञ्चारमाध्यममा व्याप्त विभेदको नियतिलाई समाप्त पार्दै सञ्चारमाध्यममा fng logo 1समावेशी बनाउन विशेष अभियान सुरु गर्ने भएको छ । अहिले सञ्चार माध्यममा पत्रकार समावेशी रूपमा नभएको र विषयवस्तुमा पनि समावेशी हुन नसकेकाले यो अभियान सुरु गर्न लागेको महासङ्घले जनाएको छ । त्यस्तै बैठकमा विभिन्न सञ्चारमाध्यममा आवद्ध भएका पत्रकारहरुको समेत उपस्थिती रहेको उक्त बैठकमा सहभागी वक्ताहरुले महासङ्घले प्रस्तुत मद्धामा पहिले सरकारी सञ्चार माध्यमबाट सुरु गरी निजी सञ्चार माध्यमबाट कार्यान्वयन गराउनपर्नेमा आआफ्नो मत प्रकट गर्न भएको थियो ।

बैठकमा महासङ्घका उपाध्यक्ष तथा समावेशी समितिका संयोजक अनिता विन्दुको अध्यक्षतामा बसेको बैठकमा सञ्चारिका समूहकी अध्यक्ष निर्मला शर्मा, क्रियाशील महिला समूह डब्लुडब्लुजेका अध्यक्ष शुभेच्छा विन्दु , फोनिजका अध्यक्ष दण्ड गुरुङ, जागरण मिडिया केन्द्रका अध्यक्ष रेम विश्वकर्मा, मधेसी पत्रकार सङ्घका अध्यक्ष विवेकानन्द मिश्र मधेस मिडिया हाउसका अध्यक्ष राजेश झा, मधेसी पत्रकार समाजका अध्यक्ष मोहन सिंहलगायतको उपस्थिती रहेको थियो