बुधबार, बैशाख १२, २०८१

पत्रकार क्षत्रीको उपचारका लागि आर्थिक सहयोग प्रदान

काठमाडौ पौष २०, ब्रेन ट्युमर शल्यक्रिया पछि थप उपचारका लागि भारतको नयाँ दिल्लीमा उपचाररत नेपाल प्रेस युनियनका सचिव सूर्यकुमार क्षत्रीको उपचारका लागि  सहयोग स्वरुप नेपाल पत्रकार महासङ्घ कान्तिपुर टेलिभिजन प्रतिष्ठान शाखाले रु २३ हजार ८०५ सहयोग गरेको छ eg] देशान्तर साप्ताहिकमा कार्यरत पत्रकार कर्मचारीका तर्फबाट सङ्कलन गरिएको रु ११ हजार १११  सूर्यकुमार क्षत्री उपचार सहयोग कोषमा जम्मा हुने गरि आर्थिक सहयोग हस्तान्तरण गरिएको छ ।

पत्रकार क्षत्रीको उपचारका लागि राष्ट्रिय वाणिज्य बैंक सिंहदरबार शाखामा ‘सूर्यकुमार क्षेत्री उपचार सहयोग कोष’को नाममा रहेको खाता नम्बर ११३०००३७१९०१ मा जम्मा गर्न नेपाल प्रेस युनियनले आग्रह गरे अनरुप सहयोग रकम देशान्तरका प्रधान सम्पादक एवम् वरिष्ठ पत्रकार कबिर राणाले नेपाल प्रेस युनियनका अध्यक्ष बद्री सिग्देललाई सो रकम हस्तान्तरण गर्नुभएको हो ।  सहयोग रकम हस्तान्तरण कार्यक्रममा अध्यक्ष सिग्देलले पत्रकार क्षत्रीको उपचारमा सहयोग गर्ने सबैलाई धन्यवाद दिँदै पत्रकारलाई पत्रकारले नै सहयोग गर्ने वातावरण बनाउन सबैलाई आग्रह गर्नुभयो ।

कार्यक्रममा वरिष्ठ पत्रकार एवम् देशान्तरका प्रधानसम्पादक राणा, नेपाल पत्रकार महासङ्घ कान्तिपुर टेलिभिजन प्रतिष्ठान शाखाका अध्यक्ष राजु तिमल्सिनाले पत्रकारको उपचारका लागि गरेको सहयोगकासम्बन्धमा पनि बोल्नु भएको थियो ।  फोटो Desantar.com