शुक्रबार, बैशाख १४, २०८१

पत्रकार क्षेत्रीको उपचारका लागि प्रेस युनियन काठमाडौंले १५ हजार सहयोग गर्ने

काठमाडौ पौष २१, नेपाल प्रेस युनियन काठमाडौँले आज सम्पन्न् बैठकले ब्रेन ट्युमर शल्यक्रिया पछि थप उपचारका लागि भारतको नयाँ दिल्लीमा उपचाररत नेपाल प्रेस press union ktm युनियनका केन्द्रीय सचिव सूर्यकुमार क्षत्रीको उपचारका लागि सहयोग स्वरुप रु १५ हजार सहयोग गर्ने भएको छ ।

त्यस्तै बैठकले सहयोग रकमकालागि काठमाडौँ क्षेत्रका केन्द्रीय पार्षद्सँग रु ५०० र साधारण सदस्यसँग रु १०० उठाउने निर्णय गर्नुको अलावा संविधान निर्माण प्रक्रिया र श्रमजीवी पत्रकारको हक अधिकार र पेसागत सुरक्षाका लागि लागि विभिन्न राजनीति दलका नेता तथा बुद्धिजीवीसँग अन्तरक्रिया गर्ने निर्णय गरेको युनियन काठमाडौँलेजनाएको छ।