शुक्रबार, बैशाख १४, २०८१

राष्ट्रपति तथा उपराष्ट्रपतिद्वारा उधौलीको अवसरमा शुभकामना अभिव्यक्त

काठमाडौँ मङसिर २०, किराँतहरूको महान् चाड उधौलीका अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण किराँत दिदीबहिनी तथा दाजुभाइहरूमा सुस्वास्थ्य, शान्ति र समृद्धिको कामना गर्दै President_Vice_President_20140816092816राष्ट्रपति डा रामवरण यादवले शुभकामना सन्देश व्यक्त गर्नु भएको छ ।

राष्ट्रपति डा यादवले आफ्नो शुभकामना सन्देशमा उधौलीको पवित्र दिनले नेपालका सम्पूर्ण धर्मावलम्बी, जातजाति, भाषाभाषी जो जहाँ रहेको भएपनि एकताबद्ध भई आपसी सद्भाव तथा भ्रातृत्व अभिवृद्धि गरी देशमा शान्ति र सुव्यवस्था स्थापना गर्नका लागि प्रेरित गर्ने आशा पनि व्यक्त गर्दै प्रस्तुत पर्वले नेपालीको सामाजिक सामञ्जस्यता कायम राख्ने प्रतीकका रुपमा रहिरहन सकोस् भन्ने कामना गर्नुभएको छ ।

यसैवचि उपराष्ट्रपति परमानन्द झाले उधौली पर्वको अवसरमा देश विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीमा सुस्वास्थ्य, शान्ति, समृद्धि तथा उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गर्नुभएको छ । शुभकामना सन्देशमा उपराष्ट्रपति झाले यस पर्वको माध्यमबाट अन्य समुदायका नेपालीबीच पनि आपसी सद्भाव, सहिष्णुता र भाइचाराको अभिवृद्धि हुँदै जानेमा विश्वास व्यक्त गर्दै देशले जनचाहनाअनुरुपको लोकतान्त्रिक संविधान प्राप्त गर्र्दै स्थिरता र समृद्धिको मार्गमा अघि बढ्न सकोस् तथा राजनीतिक क्षेत्रको गतिरोधलाई सदाका लागि समाप्त गरी सबै नेपालीका सुख, शान्ति र समृद्धिको कामना गर्नु भएको छ।