शुक्रबार, बैशाख १४, २०८१

१८ औं सार्क सौहार्दपूर्णरुपमा सम्पन्न : प्रम कोइराला

PM Holds Press Meet after 185th SAARC Concludesकाठमाडौं मङसिर १२, प्रधानमन्त्री सुशील कोइरालाले १८औं सार्क शिखर सम्मेलन सौहार्दपूर्ण वातावरणमा सम्पन्न भएको बताएका छन् । सम्मेलनको समापनपछि विहीबार साझ मिडियन्टरमा आयोजित पत्रकार सम्मेलनमा प्रधानमन्त्री कोइरालाले सार्कले शान्ति र स्थाथित्वको क्षेत्रमा गति लिने दाबी गर्दै लोकतान्त्रिक पद्दतिअनुसार माघ ८ मै लोकतान्त्रिक संविधान निर्माण गर्न प्रतिबद्ध भएको बताउँनुभएको छ ।

यस पटक सार्कमा भारत र पाकिस्तानका प्रधानमन्त्री वीच सहकार्यको वातावरण निर्माण गर्न विशष भूमिका निर्वाह गर्यो भन्ने चल्दै गरेको चर्चालाइ चिर्दै प्रधानमन्त्री कोइरालाको उहाँहरुवीच आफ्नो पहलमा नभइ उनीहरु आफैंले मित्रवत् रुपमा हात मिलाएको प्रष्ट गरेका छ ।