शनिबार, बैशाख १५, २०८१

यस्तो छ तमु ल्होछारका उपलक्ष्यमा प्रमुख दलका नेताहरुको शुभकामना

kp-sharma-oli-264x300ramchandar .p
dhaall
काठमाडौ पौष १५,
गुरुङ समुदायको नयाँ वर्ष तथा तमु ल्होछारका उपलक्ष्यमा विभिन्न राजनीतिक दलका नेताहरुले पनि शुभकामना दिएका छन । यसक्रममा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, एमाओवादीका अध्यक्ष पुष्पकमल दाहाल, काँग्रेसका उपसभापति रामचन्द्र पौडेललगायतका नेताहरुले आ आफ्नो शुभकामना सन्देशमा विविध जातजाति, भाषाभाषी, संस्कृति र चाडपर्व रहेको नेपाल जस्तो देशमा मनाइन विभिन्न पर्वले एकतामा अनेकताको भाव सिर्जना गरेको उल्लेख गरेका छन ।

साथै शुभकमना सन्देशमा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पूर्वप्रतिबद्धता अनुरूप नै आगामी माघ ८ गतेभित्रै सङ्घीय लोकतान्त्रिक गणतन्त्रको संविधान निर्माण गर्न आफ्नो दल प्रतिवद्ध रहेको बताउनु भएको छ भने एमाओवादीका अध्यक्ष पुष्पकमल दाहाले दोस्रो संविधानसभाबाट महिला, दलित, आदिवासी–जनजाति, मुसलमानलगायत सम्पूर्ण उत्पीडित वर्ग, जाति, क्षेत्र, लिङ्गका जनसमुदायको अधिकार सुनिश्चित गर्ने कार्यभार पूरा गर्नु हामी सबैको ऐतिहासिक अभिभारा भएको बताउनुभएको छ ।

त्यस्तै काँग्रेस उपसभापति पौडेलले नेपाल बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक र बहुधार्मिक विशेषता बोकेको नेपाली समाजमा ल्होछार जस्ता पर्वले नागरिकका बीचमा आत्मीयता, सौहाद्र्र र घनिष्ठ सम्बन्ध विकास गर्न मद्दत गर्ने विश्वास व्यक्त गर्दै निर्धारित मितिमानै संविधन जारीगर्नु मुलुकको आवश्यकता भएको उल्ल्ख गर्नुभएको छ ।