शुक्रबार, चैत्र १६, २०८०

सार्क सम्मेलनमा निर्मित भौतिक संरचना संरक्षण गर्न निर्देशन

काठमाडौ पौष १५, १८ औँ सार्क शिखर सम्मेलनको क्रममा निर्माण गरिएका भौतिक संरचनाको संरक्षण र सुरक्षा प्रदान गर्न सरकारले मातहतका निकायलाइ निर्देशन दिएका timthumb (2)छन । यस क्रममा प्रधानमन्त्री कार्यालयका सचिव शान्तराज सुवेदीको संयोजकत्वमा सोमवार भएको बैठकले शिखर सम्मेलनमा निर्माण तथा मर्मत गरिएका सडक पेटी, उद्यान, बगैँचा, सडकबत्ती, सडकको दुवैतर्फ तथा बीचमा लगाइएका बोटबिरुवालगायत भौतिक संरचनाको संरक्षण र सुरक्षा गर्नसरोकारवाला निकायलाई निर्देशन दिएको हो ।

साथै बैठकले काठमाडौँ उपत्यकाको सडक विस्तार अपेक्षित गतिमा अगाडि नबढेकाले सिनामङ्गल–मैतीदेवी–डिल्लीबजार हँुदै रत्नपार्क जोड्ने सडकलगायत अन्य सहरी सडकको निर्माण तथा मर्मतकार्य अगाडि बढाउनुको अलावा कृत्रिम अभाव सिर्जना गर्ने गरि बजारमा हाहाकारको अवस्था सिर्जना गर्ने व्यापारीलाई हदैसम्मको कारबाही गर्न र बजारमा देखिएको खाना पकाउने ग्यास र इन्धनको अभाव तत्काल निवारण गर्न वाणिज्य तथा आपूर्ति मन्त्रालय, वाणिज्य तथा आपूर्ति व्यवस्थापन विभाग, नेपाल गुणस्तर तथा नामतौल विभाग र नेपाल आयल निगमका पदाधिकारीलाई निर्देशन पनि त्यस अवसरमा प्रधानमन्त्री कार्यालयले निर्देशन दिएका छन ।