शुक्रबार, बैशाख १४, २०८१

मुम्बइस्थित भिवन्डी सहरको एक काठ गोदाममा आगलागी हुँदा आठ नेपालीको जलेर मृत्यु

काठमाडौं पौष १३, भारतको मुम्बइस्थित भिवन्डी सहरको एक काठ गोदाममा आगलागी हुँदा आठ नेपालीको जलेर मृत्यु भएको छ । शनिबार बिहान करिब ३ बजे अचानक लागेको आगोले जलेर अन्य तीन जना गम्भीर घाइते भएका छन् । घाइतेहरुको अस्पतालमा उपचार भइरहेको छ । ज्यान गुमाउनेमध्ये गौरी चौहान, गणेश चौहान, download (2)मुन्नीलाल अहिर, मुरली मुराउ र सयल रैदास एउटै गाउँ कपिलवस्तुको कुशहवा–५ सतभराका हुन् ।

तिलकराम, अजय र नीरज भने कपिलवस्तुकै अर्को गाउँका हुन् । ज्यान गुमाउनेमा दाजुभाइ समेत छन् । सख्त घाइते भएका विनोद अहिर, बुढे लोनिया र तितरे लोध पनि सतभरा गाउँकै हुन् । दुर्घटनाको खबरले पुरै गाउँ शोकमग्न भएको छ । आर्थिक अवस्था कमजोर भएका उनीहरु रोजगारीका लागि त्यहाँ गएका थिए । उनीहरु ज्यालादारी गर्दै आएका थिए ।

मुम्बईबाट १५ किलोमिटर टाढाको भिवन्डी सहरमा रहेको औसतस्तरको काठ गोदामको सानो झुप्रोमा सुतिरहेका बेला अचानक लागेको आगोमा उनीहरु जलेको मुम्बईस्थित नेपाली श्रमिक युनियनका अध्यक्ष मास्टर थापाले जानकारी दिएका छन् ।  असुरक्षा र लापरबाहीका कारण काठ गोदामा आगलागी भएको मुम्बई प्रहरीले बताएको छ । कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी विनोदप्रकाश सिंहका अनुसार मृत्युको खबर सुनेपछि केही आफन्तहरु शनिबारै मुम्बई तर्फ लागेका छन् ।