शनिबार, बैशाख १५, २०८१

काँग्रेसले विभिन्न कार्यक्रम गरी मेलमिलाप दिवस मनाउने

download (3)काठमाडौ पौष १३, नेपाली काँग्रेसले नेपाल र नेपाली जनताको स्वाभिमान र सर्वोच्चताको स्थापना गर्न नेपालीहरुकै बीचमा रहनु पर्दछ र उनीहरुका सुख दुःखमा सरिक हुनुपर्दछ भन्ने मुल मर्मलाई आत्मासात गर्दै बिपी कोइरालासहितका नेताहरु २०३३ साल पौष १६ गते स्वदेश फर्कनुभएको फर्कनु भएको दिन पौष १६ गते विभिन्न कार्यक्रम गरी राष्ट्रिय एकता तथा मेलमिलाप दिवस मनाउने भएको छ ।

काँग्रेसले हरेक वर्ष पौष १६ गते मनाउँदै आएको राष्ट्रिय एकता तथा मेलमिलाप दिवस देशव्यापीरुपमा भ्रातृ एवं शुभेच्छुक संस्था तथा विदेशस्थित नेपाली जनसम्पर्क समितिले विविध कार्यक्रमसहित मनाउने काँग्रेसद्वारा आज जारी विज्ञप्तिमा जनाइएको छ ।