शुक्रबार, बैशाख १४, २०८१

पशुपतिनाथको पवित्र भूमि नेपाल आफ्नो दोस्रो घर: सत्यार्थी

काठमाडौ पौष ६,     नोबेल शान्ति पुरस्कार विजेता कैलाश सत्यार्थीलाई महिला, बालबालिका तथा समाज कल्याण मन्त्रालय र केन्द्रीय बाल कल्याण समितिद्वारा आयोजित कार्यक्रममा IMG_0990sjh_roadphotography_satyarthi_reporters_club_2071[1]सत्यार्थीलाई बालअधिकारका क्षेत्रमा उहाँले दिनुभएको योगदानको कदर गर्दै सो अभिनन्दन  अभिनन्दन गरेको छ ।  महिला, बालबालिका तथा समाज कल्याण मन्त्री निलम केसीले सो सम्मान प्रदान गर्नुभएको हो ।

यसैवीच   नोबेल पुरस्कार विजेता कैलाश सत्यार्थीले गौतम बुद्ध जन्मेको तथा पशुपतिनाथको पवित्र भूमि नेपाल आफ्नो दोस्रो घर भएको भन्दै आदर्श तथा सरल जीवन शैलीले  समाजसेवामा लाग्नेका लागि प्रेरणा प्रदान गर्ने बताउँनुभएको छ ।

  रिपोर्टर्स क्लबले आज यहाँ आयोजना गरेको कार्यक्रममा उहाँले नेपालको राजनीतिक स्थायित्व तथा विकासका लागि संविधान चाँडो जारी गर्नुपर्ने धारणा राख्दै सत्यार्थीले जारी हुनसंविधनम बालबालिकाको अधिकार संरक्षणको ग्यारन्टी गरिनुपर्नेमा विशेष जोड दिनुभएको छ ।  त्यसअवसरमा क्लबद्दारा सत्याथीलाई सम्मान गरिएको थियो  ।