शनिबार, बैशाख ८, २०८१

काठमाडौंमा यौनजन्य एसएमएसको आतङक,कारवाही गर्न काठमाडौं प्रहरी प्रमुख कार्कीलाई निर्देशन

काठमाडौं पौष ७,  यौन शोषणमा परेका बालबालिकालाई संरक्षण गर्ने उद्धेश्यले सञ्चालनमा रहक भनिएको तेर दे जोम फाउण्डेसन लोनाज टिडिएच नामक संस्थाले खुलेआम यौन व्यवसाय सम्बन्धी एसएमएस पठाएर नेपाल टेलिकमका र एनसेल तीन लाख सेवाग्राहीलाई भ्रममा पार्ने र त्रास फैलाउने  काम मात्र गरेन काठमाडौंमा यौन  आतङक नै  मच्चाएका छन ।   पटक पटक सम्पर्क mobileगर्दा पनि सम्पर्क हुन नसक्ने विदेशी नम्वर क्रमस ४४७०३४३६१०, ४४७४००३४३६५५ बाट शुक्रवार मोवाईल सेवाग्राहीहरुकोमा आएको उक्त एसएसमएसमा काठमाडौ उपत्यकामा किशोर किशोरीहरु व्यावसायिक यौन सम्पर्कका लागि उपलब्ध छन् थप जानकारीका लागि ९८०८९६९९२१, ९८०८९७०१११ मा फोन गर्नुहोला भन्ने सन्देश लेखिएको थियो ।

पछि जो जसको नम्वरम एसएसमएस आयो उनिहरुले पटक पटक ९८०८९७०१११ फोन गर्न दखि एसएमएस गर्नसम्मका काम भएपछि एसएसमएसले आमजनतामा नकारात्मक असर पारेको जानकारी पाएपछि संस्थाले ४४७४००३४२८ को नम्वरबाट अर्को एसएसमएसमा अगि पठाएको वालयौन दुराचार विरुद्ध जनचेतना फैलाउँन पठाइएको एसएसमएसमा अन्यथा परेको भन्दै साँझ तिर अर्को एसएसमएस जारी गरीएको थियो । यद्यपी उक्त संस्थाले दोस्रो एसएसमएस पडाइदै गर्दाको अवस्थासम्म समयनिकै ढिला भइसकेको अवस्था का कारण शुक्रवार उपत्यकामा एक वग्लैकिसिमको सन्नाटा  छाएको  सहजै अनुभूत गर्न सकिने अवस्था बनेको थियो ।

यस सम्बन्ध्मा महानगरीय प्रहरी आयुक्त कार्यालयका प्रमुख  विज्ञानराज शर्माले यस्तो सन्देश बाहिर आएपछि अनुसन्धान तथा छानबीन गरी कारवाही गर्न काठमाडौं प्रहरी प्रमुख उत्तम कार्कीलाई निर्देशन दिइएको जानकारी दिए । महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ताले यस्तो अश्लिल र भ्रामक म्यासेज पठाउनेमाथि छानबीन भइरहेको जानकारी दिएका छन ।