आइतवार, बैशाख १६, २०८१

तत्काल सार्वजनिक सवारीसाधनको भाडा घटाउन क्रान्तिकारीको माग

काठमाडौ पौष ५,  एमाओवादी निकटको अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी)ले आज एक प्रेस विज्ञप्ति प्रकाशन गरी तत्काल सार्वजनिक यातायातको भाडा घटाउन माग imagesगरेको छ ।  पेट्रोलियम पदार्थको मूल्य पटक–पटक समायोजन भएको भए पनि सार्वजनिक सवारीसाधनको भाडा नघटेकामा आपत्ति प्रकट गर्दै सार्वजनिक सवारीसाधनको भाडा नघट्दा उपभोग्य वस्तुको मूल्यसमेत नघटेकाले नागरिकले बढी मूल्य तिर्नुपरेको विज्ञप्तिमा उल्लेख छ ।

क्रान्तिकारीका सचिव रुद्र विष्टले जारी गर्नुभएको विज्ञप्तिमा अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य घटेअनुसार नै सार्वजनिक सवारीसाधनको भाडा घटाउन र सहजरुपमा पेट्रोलियम पदार्थ पाउने व्यवस्था गर्नसमेत सरकारसँग माग गरिएको छ