बुधबार, मंसिर २०, २०८०
Dashain

काठमाडौं घोषणापत्र जारी गर्दै १८औँ शिखर सम्मेलन सम्पन्न,१९ औँ शिखर सम्मेलन इस्लामावादमा

ऊर्जासम्बन्धी सम्झौतामा हस्ताक्षर

काठमाडौं मङसिर ११, बुधबारबाट सुरु भएको दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन सार्कको १८औँ शिखर सम्मेलनले १९औँ शिखर सम्मेलनको स्थान र मितिको घोषणा सहित काठमाडौं घोषणापत्र जारी गर्दै सम्पन्न भएको छ । यसअघि सार्कका अध्यक्ष एवम् नेपालका प्रधानमन्त्री सुशील DOI_4740कोइरालाले समापन समारोह अन्र्तगत सार्क राष्टका आठै देशका राष्ट्राध्यक्ष/सरकार प्रमुखसहित पर्यवेक्षक देशका प्रतिनिधिहरुको उपस्थितीमा राजधानीको राष्ट्रिय सभागृहमा सार्कका अध्यक्ष एवम् नेपालका प्रधानमन्त्री सुशील कोइरालाले समापन समारोहको शुभारम्भ गर्नुभएकोथियो।

यसैवीच दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन सार्कको को १९औँ शिखर सम्मेलन पाकिस्तानको राजधानी इस्लामावादमा हुने भएको छ ।

  ऊर्जासम्बन्धी सम्झौतामा हस्ताक्षर दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन सार्कको १८औँँ शिखर सम्मेलनको आजको समापन सत्रमा सार्क क्षेत्रीयस्तरीय ऊर्जा सहकार्य र विद्युतीकरणको कार्यढाँचासम्बन्धी सम्झौतामा हस्ताक्षर भएको छ ।  आजको समापन सत्र प्रारम्भ भएपछि सार्कका अध्यक्ष तथा नेपालका प्रधानमन्त्री सुशील कोइरालाले सदस्य मुलुकका विदेश मन्त्रीहरुलाई सो सम्झौतमा हस्ताक्षर गर्न आग्रह गरेपछि सो सम्झौतामा हस्ताक्षर भएको हो ।

सदस्य मुलुकका राष्ट्राध्यक्ष/सरकार प्रमुखको उपस्थितिमा सो सम्झौतामा हस्ताक्षर भएको हो । सदस्य मुलुकका वैदेशिक÷बाह्य मामिला मन्त्री परिषद्को ३६औं बैठकले सो सम्झौतालाई पारित गरेको थियो ।  अफगानिस्तानका कामु विदेशमन्त्री जरार अहमद ओसमानी, बङ्गलादेशका विदेशमन्त्री अब्दुल हसन महमुद अली, भुटानका विदेशमन्त्री ल्योन्पो रिञ्जिन दोर्जी, भारतका बाह्य मामिला मन्त्री श्रीमती सुषमा स्वराज, माल्दिभ्सका विदेशमन्त्री सुश्री दुन्या मौमुन, पाकिस्तानका प्रधानमन्त्री नवाज सरिफका राष्ट्रिय सुरक्षा तथा विदेश मामिला सल्लाहकार सरताज अजिज र श्रीलङ्काका बाह्य मामिलामन्त्री प्रा गामिनी लक्ष्मण पेइरिस र नेपालका परराष्ट्र मन्त्री महेन्द्रबहादुर पाण्डेले हस्ताक्षर गर्नुभएको हो । फोटो:   doinepal.gov.np/ rss

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

November 2014
S M T W T F S
 12
3456789
10111213141516
17181920212223
24252627282930
31