बिहिबार, बैशाख १३, २०८१

सार्कको सम्मेलनको बन्दसत्र अपराह्न ४ बजेदेखि

काठमाडौ मङसिर ११,  दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन सार्कको अठारौँ शिखर सम्मेलनको बन्दसत्र आज अपराह्न ४ बजेदेखि सुरु हुने sarkभएको छ । मङ्सिर प्रधानमन्त्री सुशील कोइरालाले अपराह्न ४ बजे राष्ट्रिय सभागृहमा १८औँ शिखर सम्मेलनको बन्दसत्र सुरु भएको घोषणा गर्नुहुनेछ ।

बन्दसत्रको सुरुमै सार्कको १९औँ शिखर सम्मेलनको स्थान र मिति तय हुनेछ भने त्यसपछि सदस्य मुलुकका राष्ट्राध्यक्ष÷सरकार प्रमुखहरुले संयुक्त रुपमा १८औँ शिखर सम्मेलनको घोषणापत्र जारी गर्नुहुनेछ ।

प्रधानमन्त्री कोइरालाले अपराह्न ४ः०९ बजे निष्कर्ष सम्बोधन गर्नुभएपछि भावी सम्मेलन आयोजना गर्ने मुलुकका राष्ट्राध्यक्ष÷सरकार प्रमुखले सहभागी सबैलाई धन्यवाद ज्ञापन गर्नुहुनेछ । मङ्सिर प्रधानमन्त्री कोइरालाले सम्मेलन समापन भएको घोषणा गर्नुभएपछि १८औँ शिखर सम्मेलन औपचारिक रुपमा समापन हुनेछ ।