शनिबार, बैशाख १५, २०८१

सार्क मन्त्रिस्तरीय बैठक सुरु

काठमाडौँ मङसिर ९ , दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन सार्कको १८औँँ शिखर सम्मेलन अन्र्र्र्र्तगत सार्क सदस्य मुलुकका ३६औँ बैठकमा DOI_4261Book_Innuguration_copy सहभागी हुन सार्कका अधिकांश विदेश मन्त्रिस्तरीय बैठक सुरु भएको छ ।   होटल सोल्टीमा आज बिहान भएको बैठकको प्रारम्भमा गरिबी निवारण तथा सार्क विकास लक्ष्यप्राप्तिबारेको कार्य प्रगतिको प्रतिवेदन, पोषणका लागि क्षेत्रीय संरचना, सरसफाइसम्बन्धी कार्यसंरचना र आर्थिक सङ्घका लागि भावी कदमसम्बन्धी प्रतिवेदन सार्वजनिक गरिँदैछ ।

बैठकको सुरुमा परराष्ट्र मन्त्री महेन्द्र बहादुर पाण्डेले सार्क स्थापनापछिको तीन दशकको अवधिमा अपेक्षित सफलता हासिल गर्न नसके पनि सदस्य मुलुकबीच सम्बन्ध विस्तारमा फलदायी भएको बताउँदै यस सम्मेलनले नयाँ गति दिने विश्वास व्यक्त गर्नुभएका थियो भने सार्कका महासचिव अर्जुनबहादुर थापाले आवधिक विश्लेषणात्मक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।

यसअघि मङ्गलबार सम्पन्न परराष्ट्र सचिवस्तरीय स्थायी समितिको बैठकले सार्क सचिवालयलाई काठमाडौँ उपत्यकाभित्रै उपयुक्त स्थानमा स्थानान्तरण गर्ने निर्णय गर्दै नयाँदिल्लीस्थित सार्क अभिलेख केन्द्र, इस्लामावादमा रहेको सार्क मानव स्रोत विकास केन्द्र र काठमाडौँस्थित सार्क सूचना केन्द्र बन्द गर्ने निर्णय गरेको थियो । कार्यक्रम समिति र स्थायी समितिले अनुमोदन गरेका कार्यसूची मन्त्रिस्तरीय बैठकमा छलफल भएर र निर्णयका लागि राष्ट्राध्यक्ष÷सरकार प्रमुखहरूको बैठक अर्थात् शिखर सम्मेलनमा प्रस्तुत हुनेछ ।