बुधबार, बैशाख २६, २०८१

सार्क स्थायी समिति बैठक: तीन क्षेत्रीय केन्द्र बन्द र चार केन्द्रलाई विलय गर्ने निर्णय

काठमाडौ मङसिर ८,  दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन सार्क स्थायी समिति बैठकले त्रिदेवीमार्गस्थित सार्क सचिवालयको स्थानान्तरणका साथै तीन क्षेत्रीय केन्द्र बन्द र चारवटा केन्द्र एकापसमा विलय गर्ने निर्णय गरेको छ । सार्क सचिवालयलाई काठमाडौँ उपत्यकाभित्र स्थानान्तरण गर्ने निर्णय पनि भएको छ । सार्क कार्यक्रम समितिको सिफारिसअनुसार सार्क मुलुकका परराष्ट्र/बाह्य मामिला मन्त्रालयका सचिव _MG_0016सम्मिलित स्थायी समितिको ४१औं बैठकले नयाँदिल्लीस्थित सार्क अभिलेख केन्द्र, इस्लामावादमा रहेको सार्क मानव स्रोत विकास केन्द्र र काठमाडौँस्थित सार्क सूचना केन्द्र बन्द गर्ने निर्णय गरेको हो ।

स्थायी समिति बैठकले मालदिभ्सस्थित सार्क तटीय क्षेत्र व्यवस्थापन केन्द्र, बङ्गलादेशस्थित सार्क जल तथा मौसम अनुसन्धान केन्द्र, भुटानस्थितसार्क वन केन्द्र र भारतस्थित सार्क विपद् व्यवस्थापन केन्द्रलाई सार्क वातावरण तथा विपद् व्यवस्थापन केन्द्रमा विलय गर्ने निर्णय गरेको छ । कार्यक्रम समितिको ४९औं बैठकले ती सात वटै क्षेत्रीय केन्द्रलाई बन्द गर्ने सिफारिसलाई पनि स्थायी समितिले अनुमोदन गरेको उक्त बैठकका अध्यक्ष एवम् परराष्ट्र मन्त्रालयका कामु सचिव शङ्करदास वैरागीले बैठकपछि पत्रकारलाई जानकारी दिनुभयो । बैठकमा सदस्य मुलुकले आफ्ना देशीय प्रतिवेदन र सार्कका गतिविधि प्रस्तुत गर्नाका साथै विगतमा घोषणा गरिएका सार्कका कार्यक्रम एवम् गतिविधिको प्रभावकारी कार्यान्वयनमा जोड दिएका थिए । आठ वटै सदस्य मुलुकले सार्क प्रक्रियालाई अझ प्रभावकारी एवम् परिणाममुखी बनाउनुपर्ने आवश्यकतामा पनि जोड दिएको अध्यक्ष वैरागीले बताउनुभयो ।

_MG_0023आर्थिक, वित्तीय, लगानी, ऊर्जा, जल, स्वास्थ्य, शिक्षा, कृषि, स्थल र आकाशमार्गबाट सदस्य मुलुकलाई जोड्न तथा सहयोग अभिवृद्धि गर्न सार्कका विशिष्टीकृत निकाय, प्राविधिक समिति, अन्तरसरकारी समूह, विशेषज्ञ समूह तथा कार्यदलसम्बन्धी प्रतिवेदन बैठकले अनुमोदन गरेको छ । बैठकले कृषि उत्पादकत्व वृद्धि, खाद्य तथा पोषण सुरक्षा, प्रविधिको सकारात्मक, विश्वसनीय एवम् सुरक्षित उपयोगका साथै जलवायु परिवर्तनका प्रतिकूल प्रभावलाई सम्बोधन गर्ने निर्णय गरेको छ । बैठकले सार्क विकास कोषको सुदृढीकरण तथा त्यसका आर्थिक एवम् पूर्वाधार विभागलाई सञ्चालन गर्नुपर्ने औँल्याएको छ ।भक्तपुरस्थित सार्क क्षयरोग एवम् एचआइभी/एड्स प्रयोगशालालाई स्तरीय प्रयोगशालामा स्तरोन्नति गर्न भारत र बङ्गलादेशले वित्तीय सहयोग गर्ने भएका छन् । बैठकमा सार्कका उच्च एवम् मान्यताप्राप्त निकायबीच सहयोग बढाउन तथा दक्षिण एसियाली महिला विकास मञ्चलाई सार्कको अङ्गका रुपमा अनुमोदन गरेको छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

November 2014
S M T W T F S
 12
3456789
10111213141516
17181920212223
24252627282930
31