मङ्लबार, बैशाख ४, २०८१

सार्कसदस्य मुलुकका राष्ट्राध्यक्ष र सरकार प्रमुखहरु आउने क्रम सुरु

 श्रीलङ्काली राष्ट्रपति राजापाक्ष काठमाडौँमा, स्वागत सत्कार लगत्तै लुम्बिनी प्रस्थान

काठमाडौं मङसिर ९, दक्षिण एशियाली क्षेत्रीय सहयोग सङ्गठन सार्कको अठारौ शिखर सम्मेलनमा सहभागी हुन सदस्य मुलुकका राष्ट्राध्यक्ष र सरकार प्रमुखहरु आउने क्रम सुरु भएको छ । यसक्रममा श्रीलङ्काका राष्ट्रपति महिन्दा राजापाक्ष ९० जना श्रीलङ्काली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै saarcआज बिहान १०ः१५ बजे श्रीलङ्काको राष्ट्रिय ध्वजाबाहक विशेष विमानबाट काठमाडौं आइपुग्नुभएको छ ।

राष्ट्रपति राजापाक्ष सवार विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएलगत्तै शिष्टाचार महापाल कालिप्रसाद पोखरेल र नेपालका लागि श्रीलङ्काली राजदूत डब्लु एम सेनिभिराथनाले उहाँलाई स्वागत सहित उपप्रधान तथा गृहमन्त्री वामदेव गौतम, संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री दीपकचन्द्र अमात्य, नेपाल सरकारका मुख्यसचिव लीलामणि पौड्याल, प्रधानमन्त्रीका मुख्य निजी सचिव वसन्तकुमार गौतमलगायतल उहाँलाई स्वागत गर्नुभएको थियो । त्यस लगत्तै राष्ट्रपति राजापाक्षसहित श्रीलङ्काली प्रतिनिधिमण्डल विमानस्थलबाटै विशेष विमान चढी लुम्बिनीका लागि प्रस्थान गर्नु भएको हाम्रा सहकर्मी प्रवीन श्रेष्ठले जानकारी दिनु भएको छ ।

यस्तै, अफगानिस्तानका राष्ट्रपति मोहम्मद असरफ घानी पनि काठमाडौं आएका छन् । उहाँलइ नपाल सरकारका उपप्रधानमन्त्री प्रकाशमान सिंहलगायत सरकारका विशिष्ट महानुभावहरुले स्वागत गर्नु भएको थियो । त्यस्तै भुटानी प्रधानमन्त्री ल्योन्छेन छिरिङ तोब्गे र माल्दिभ्सका राष्ट्रपति अब्दुल्ला यामिन अब्दुल गैयुमले केही बेरमै काठमाडौं आइपुग्ने बुझिएको छ । भने भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र पाकिस्तानका प्रधानमन्त्री नवाज शरीफ ३ः३० बजेभित्र काठमाडौं आइपुग्ने छन् भने बंगलादेशका प्रधानमन्त्री शेख हसिना वाजेद ४ः१५ बजे काठमाडौं ओर्लनु हुने जानकारी सुरक्षा निकायले दिएको छ । उनीहरुलाई उपप्रधानमन्त्रीहरुले स्वागत गर्नेछन् ।

यसैवीच विशिष्ट पाहुनाहरुको स्वागतमा विमानस्थलदेखि सोल्टी होटलसम्म पर्ने सडकका ठाउँठाउँमा नेपालका विविध जाति र समुदायले आआफ्नो वेशभूषा झल्किने परम्परागत पहिरन नाचगान गरिरहेका छन् । विशिष्ट अतिथिको मुलुकका राष्ट्रिय झन्डा फहराइएको छ । परम्परागत बाजा बजाएर उहाँहरूको स्वागत–अभिवादन गरिदैछ । बुधवार बिहान सार्कका वर्तमान अध्यक्ष माल्दिभ्सका राष्ट्रपति गैयुमले १८ औँ शिखर सम्मेलन सुरु भएको घोषणा गरेपछि सार्कको अध्यक्षता ग्रहण गर्दै प्रधानमन्त्री सुशील कोइरालाले उद्घाटन मन्तव्य व्यक्त गर्ने कार्यक्रम तय गरिएको छ ।