शनिबार, बैशाख १५, २०८१

निर्धारित मितिमा संविधान जारी गर्नुको विकल्प छैन :गच्छदार

संविधानका लागि १३ विद्यार्थी सङगठनका तर्फबाट सकारात्मक दवाव

काठमाडौ कात्तिक २१, निर्धारित आगामी माघ ८ भित्र सहमति सहितको संविधान जारी गराउँन सकारात्मक दवाद स्वरुप आज नेपाल विद्यार्थी सङघ 10311772_10152849984432329_941660326834731634_nलगायतका १३ विद्यार्थी सङगठनको तर्फबाट सयुक्त रुपमा मजफो नेपाल लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदारलाइ ध्यानाकर्षण सहितको ज्ञापन पत्र बुझाएका छन ।  विद्यार्थी सङ्गठनको तर्फबाट प्रस्तुत ज्ञापन पत्र बुझ्दै मजफो नेपाल लोकतान्त्रिकका अध्यक्ष गच्छदारले सहमतिमा संविधान जारी गर्नुको विकल्प नभएको बताउँदै आफ्ना तर्फबाट दलहरुवीच देखिएको धुव्रीकरणलाई सहज बनाउँदै विशेष पहल गर्ने बताउँनु भएको प्राप्त समाचारमा उल्लेख गरिएको छ ।

विद्यार्थी सङगठनले संविधानका लागि सकारात्मक दवाव अभियान अन्र्तगत यसअघि संविधानसभाका सभामुख, नेपाली काँग्रेस, नेकपा एमाले, नेकपा एमाओवादीलाई ध्यानाकर्षणपत्र बुझाइसकेका छन् ।