काठमाडौं कात्तिक २०, कसको आँखा लाग्यो बरै’, ‘न बिर्सें तिमीलाई’ जस्ता गीतका म्युजिक भिडियो कोअलावा सानो संसार’, कोही मेरोजस्ता जस्ता फिल्म निर्देशन गरेका नेपाली चलचित्र तथा म्युजिक भिडियो निर्देशक आलोक नेम्वाङ आफ्नै घरमा झुण्डिएको अवस्थाम मृत भेटिएका छन् ।
बिहिवार राती ८ बजे आफ्नै निवासमा नेम्वाङको शव झुण्डिएको अवस्थामा भेटिएको हो । धापासी स्थित आफ्नै अपार्टमेन्टमा उनको शव फेला परेको प्रहरीले जनाएको छ । आत्महत्याको कारण खुल्न सकेको छैन । दर्जनौं म्युजिक भिडियोको निर्देशन गरेका नेम्वाङको अझैं पनि चलचित्र फागुन १५ गते रिलिज हुने तयारीमा थियो ।