शनिबार, बैशाख ८, २०८१

मन्त्रिपरिषद् बैठक : सुकुम्बासी आयोग गठन आदेश संशोधन ,विभिन्न निकायमा पदाधिकारी नियुक्त

काठमाडौ कात्तिक २०, मन्त्रिपरिषद्को आजको बैठकले सरकारद्दारा जारी सुकुम्बासी समस्या समाधान समिति गठन आदेशमा संशोधन गरी cabinate-photo-300x145केन्द्रमा एकजना उपाध्यक्ष र एक सदस्य तथा जिल्लामा एक उपाध्यक्ष थप रहने व्यवस्था गर्दै समितिका सम्पूर्ण निर्णय सहमतिमा सर्वसम्मतिले हुने निर्णय गरेको सरकारका प्रवक्ता एवम सञ्चार मन्त्री डा. मीनेन्द्र रिजालले जानकारी दिनु भएको छ ।

त्यस्तै बैठकले नेपाल औषधि लिमिटेडको अध्यक्षमा बाबुराम हँुमागाँईं, नेपाल मेटल कम्पनीको अध्यक्षमा नेत्रराज पौडेल, नेपाल ओरियन्ट एन्ड म्याग्नेसाइट लिमिटेडको अध्यक्षमा बसन्तराज कार्कीलाई नियुक्त गर्ने निर्णय गर्नु को अलावा गरिब घरपरिवार पहिचान तथा परिचयपत्र व्यवस्थापन तथा वितरण समन्वय बोर्डको कार्यकारी उपाध्यक्षमा चिन्तन पौडेल, कोसी अञ्चल अस्पतालको अध्यक्षमा एकराज भट्टराई, सेती अञ्चल अस्पतालको अध्यक्षमा यज्ञराज पाण्डेय, मध्यपश्चिमाञ्चल क्षेत्रीय अस्पतालको अध्यक्षमा खुम्बराज थानी र मध्यपश्चिमाञ्चल क्षेत्रीय आयुर्वेद चिकित्सालय दाङमा श्रीधर शर्मालाई नियुक्त गर्ने निर्णय गरेको छ ।

यसैवीच सरकारले क्रिकेट एसोसिएसन अफ नेपाल क्यान लाई विघटन गर्दै नयाँ तदर्थ समिति गठन गरेको छ ।  मन्त्रिपरिषद्को बैठकले विनयराज पाण्डेको संयोजकत्वमा तदर्थ कमिटी गठनको निर्णय गरेको हो । उपाध्यक्षमा श्रीहर्ष कोइराला र महासचिवमा रमेशकुमार सिलवाल चयन भएका छन् ।