मङ्लबार, अशोज १६, २०८०

पूर्वराजा ज्ञानेन्द्र शाह भारतको साताव्यापी भ्रमण जाँदै

काठमाडौ कात्तिक १९, मुलुकमा नयाँ संविधान बनाउने सवालमा  प्रमुख दलहरुवीच तिव्र धुव्रीकरण् भइरहेको आवस्थामा पूर्वराजा ज्ञानेन्द्र शाह साताव्यापी भ्रमणका लागि शुक्रबार भारत जानुहुने भएको छ।  समाचार स्रोतका अनुसार पूर्वराजाको भारत भ्रमणका चाँजा पाँजो काँग्रेस महासमिति सदस्य समेत रहेको  कुमुद लोहनी र अर्का काँग्रेस नेता हरिवोल भटटराइ लगायतका टोलीले मिलाएको थाहा भएको छ ।

081023-Gyanendra-hmed-2a.grid-6x2समाचार स्रोतका अनुसार शुक्रबार २ बजे इन्डियन एयरलाइन्सको विमानबाट भारतको राजधानी नयाँ दिल्ली जाने तयारीमा रहेका पूर्वराजा ज्ञानेन्द्रलाइ नयाँ बन्ने संविधानमा केहि स्पेस दिनु पर्ने र नेपाललाई हिन्दु राज्य बनाउनुपर्ने माग गर्दै केहि समय यता देखि लागि परिरहेका काँग्रेस नेता खुमबहादुर खड्काको समूहले भारतका हिन्दुवादी नेताहरुसङग समन्वय गदै नेपाललाइ हिन्दु राज्य बनाउनुपर्ने प्रसङगमा लविङगरे अनुरुप प्रस्तावित विषयमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी समेत सकारात्मक भएको बुझिएको छ । समाचार स्रोतका अनुसार एकातर्फ संविधानको विवादित सवालमा दलहरुवीच बढ्दो धुव्रीकरण अकोतर्फ धामिक् आन्दोलको तानावाना सुरु सुरु हुँदै गरेको अवस्था र त्यसवीचमानै पूर्वराजाको भारत भ्रमणलाई अर्थपूर्ण मानिएको छ।

यद्यपी निर्मल निवासले पूर्वराजाको भ्रमणलाई अति गोप्य राख्दै गरेको अवस्थामा एक् उच्च् स्रोतबाट प्राप्त जानकारी अनुसार यस वीचमा भारतका हिन्दुवादी नेताहरुको परामर्स पछि भारतीय प्रम नरेन्द्र मोदीले नेपाल मामिला हेर्ने विज्ञ भिके नायक र रका प्रमुख आलोक जोशी संङग नेपालको प्रसङग के गर्न सकिन्छ भन्ने आशयका विशेष छलफल गर्दा र प्रमुख आलोक जोशील प्रम मोदीलाइ गरेका नेपालका सवै दलहरु असफल भइसकेको अवस्थामा पूर्वराजालाइ स्पेस दिदै हिन्दराष्ट्र घेष्णा गर्दा हितकर हुन्छ भन्न अशयको गरेको विफ्रिङ अनुरुप भन्ने यस विष्यमा सल्लाह गर्न प्रम मोदीको निदेशनमानै पूर्व राजाको भारत भ्रमण हुन लागेको समाचारस्रोतको दावी रहेकोछ ।

त्यस्तै नेपालमा संम्बैधानिक राजतन्त्र सहितको प्रजातन्त्र सिवाय अरु सफल हुन नसक्ने पनि त्यस अवसरमा छलफलको विषय भएको भन्दै स्रोतले कुनै न कुनै प्रारुपमा नेपालमा राजसंस्था प्रतिस्थापित गर्नु पर्नेमा छलफल भइरहेको बताइएको छ। साथै पूर्वराजा ज्ञानेन्द्रले प्रस्तावित प्रसङगमा उच्च राजनीतिक भेटघाट गर्न सक्ने सम्भावनालाइ स्विकार्दै साताव्यापी भ्रमणको क्रममा राजस्थानका राजा त्यस्तै अरुण जेटली, भगवत सिंह लगायतलाई पनि भेट्ने कार्यक्रम  तय भएको उच्च स्रोतले जनाएको छ।

 

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

November 2014
S M T W T F S
 12
3456789
10111213141516
17181920212223
24252627282930
31