काठमाडौं कातिक १९, नेपाल विद्यार्थी संङघ लगायतका १३ विद्यार्थी गङठनले आज प्रधानमन्त्री सुशील कोइरालालाइ निर्धारित मितिमा दलीय सहमति सहितको संविधान जारी हुनुपर्ने , समग्र शैक्षिक क्षेत्रमा
अख्तियारको बढ्दो हस्तक्षेपकारी भूमिकाको नियन्त्रण र बढ्दो महङगी एवम विद्याथी सहुलियत र सवारी दुर्घटना न्यूनिकरण लगायतका मूलभुत माग समेटिएको ध्यानाकर्षण सहितको ज्ञापन पत्र बुझाएका छन ।
विद्यार्थी सगङठनले बुझाएको उक्त ज्ञापन पत्र बुझ्दै प्रधानमन्त्री कोइरालाले निर्धारित मितिमानै संविधान जारी हुने विषयमा शङका नर्गन आग्रह गर्दै सरकाले भ्रष्टाचार न्यूनिकरणका लागि शुन्य सहनशिलताको नीति लिएको र सरकारका कनैपनि मन्त्री होस वा मातहतका कुनै पदाधिकारी नै किन नहोस यदि उसले भ्रष्टाचार गरेको थाहा पाए पनि एक मिनेटमै निकाल्ने प्रविद्धता व्यक्त गर्नुभएको छ।
यस्तै अख्तियारले हस्तक्षेप गर्दा समग्र शैक्षिक क्षेत्र नै लथालिंग भएको भन्ने विद्यार्थी संङगठनको ज्ञापन प्रति प्रम कोइरालले अख्तियार प्रमुख लोकमानसिंह कार्कीसँग छलफल गर्ने बताउँदै ज्ञापन पत्रमा प्रस्तुत सवारी दुर्घटना न्यूनिकरणका सवालमा पनि प्रम कोइरालाले प्रहरीलाई निर्देशन दिइसकेकोले दुर्घटना न्यूनिकरण हुँने विस्वास व्यक्त गन भएको प्रम कोइराललको भनाइ उदत गदै नोपल विद्यार्थी सगङठनका प्रवक्ता युपी लामिछनले जानकरी दिनु भएको छ ।
यसअघि विद्यार्थी संगठनहरुले संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङ, एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपा मालेका अध्यक्ष सीपी मैनालीलाई ज्ञापन पत्र बुझाइसकेको र अव एमाओवादी अध्यक्ष पुष्पकमल दाहालसहित मधेसवादी दलका अध्यक्षहरुलाई पनि ज्ञापन पत्र बुझाउने तयारी रहेको विद्यार्थी गङठनले जनाएको छ।