शुक्रबार, चैत्र १७, २०७९

बाल स्वास्थ्य महाशाखामा अख्तियारको छापा, निर्देशक डा.उप्रेती सहित १२ पक्राउ

akither-ko-logo1काठमाडौं कार्तिक १६, अख्तियार दुरुपयोग अनुसन्धान आयोगले स्वास्थ्य सेवा विभाग अन्तर्गतको बाल स्वास्थ्य महाशाखामा छापा मारेको छ ।  युनिसेफ र डब्लु एचवो बाट प्राप्त सहयोग रकममा अनियमितता एवम भ्रष्टाचार भैरहेको भन्ने उजुरीको आधारमा आयोगले छापा मार्दै महाशाखाका निर्देशक डा। श्यामराज उप्रेतीसहित १२ जना कर्मचारीलाई नियन्त्रणमा लिएको आज जारी विज्ञप्तिमा उल्लेख गरेको छ।

अख्तियारले नियन्त्रणमा लिएका भ्रष्ट कर्मचारीहरुमा क्रमस निर्देशक डा.श्यामराज उप्रेती . लेखा अधिकृत दिपक प्रसाद तिमिल्सिना, , जन स्वास्थ्य अधिकृत ठाकुर बस्नेत , बरिष्ठ जनस्वास्थ्य अधिकृत लिला बिक्रम थापा, खोप सुपरभाइजर अधिकृत प्रेम कुमार श्रेष्ठ, सुपरभाइजर अधिकृत शम्भु बाबु तिवारी , , सुपरभाइजर अधिकृत शंकर प्रसाद आचार्य , जनस्वास्थ्य अधिकृत शंकरदेव जोशी , बरिष्ठ जनस्वास्थ्य अधिकृत दिपकराज चौंलागाई शाखा, अधिकृत डिक बहादुर विष्ट, शाखा अधिकृत हरि प्रसाद अधिकारी, जनस्वास्थ्य निरिक्षक महेन्द्र प्रकाश शर्मा रहेको जनाएको छ ।

त्यस्तै विज्ञप्तिमा महाशाखामा भईरहेको अनियमितता एवम भ्रष्टाचार सम्बन्धी प्राप्त उजुरीको उपर अनुसन्धान गर्दै जाँदा आयोगले आ/व। २०६८/०६९ र ०६९/७० मा कुनै पनि कार्यक्रमनै नगरी विभिन्न कार्यक्रम गरेको भनि कार्यक्रमको नाममा खर्च लेखेको त्यस्तै उडान नै नगरी हवाई सेवा प्रयोग गरेको भनि नक्कली ई-टिकेट पेश गरेको, फोटोकपी मेशीन नै नभएको पुस्तक पसलमा फोटोकपीको बिल पेश गरेको, स्टेशनरी तथा होटलबाट सामान तथा सेवा खरीद नगरी खरीद गरेको नक्कली विल पेश गरेको त्यस्तै होटल तथा स्टेशनरी पसलबाट खाली बिल ल्याई आफु अनुकूल खर्च भएको विवरण भरी खर्च देखाउनुका साथै होटल नमस्ते प्रा.लि.दोलखा, कर्नर लज एण्ड रेष्टुरेण्ट म्याग्दी, कस्तुरी होटल एण्ड रेष्टुरेण्ट कुश्मा पर्वत, द लाङ्गटाङ्ग भ्यू रिसोर्ट धुलिखेल लगायतका होटलहरुको बिलमा एकै व्यक्तिले विवरण भर्दै पेश्की फर्छर्यौटका लागि खाली बिलहरु समेत पेश गरी करोडौं रकम दुरुपयोग गरी भ्रष्टाचार गरेको खुल्न आएकोले अख्तियारले आज छापा मारेको जनाएको छ।

साथै विज्ञप्तिमा भ्रष्टजन्यकार्यमा संलग्नता देखिएका तत्कालिन निर्देशक डा.तारा नाथ पोख्रेल र तत्कालिन लेखा अधिकृत (हाल सम्पत्ति सुद्धिकरण अनुसन्धान विभागका निर्देशक)तेज प्रकाश प्रसाईं हाल फरार रहेकोले निजहरूको खोजि कार्य भै रहेको पनि जनाएकोछ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

November 2014
S M T W T F S
 12
3456789
10111213141516
17181920212223
24252627282930
31