मङ्लबार, अशोज १६, २०८०

सवारी दुर्घटनाप्रति प्रहरीको ध्यानाकर्षण

काठमाडौ कात्तिक १५,नेपाल प्रहरीले विगत केही दिनयता देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनाबाट भएको धनजनको क्षतिप्रति गम्भीर ध्यानाकर्षण भएको

nepal prahariजनाएको छ ।  नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता माधवप्रसाद जोशीद्वारा आज जारी विज्ञप्तिमा देशभर भएका विभिन्न सवारी दुर्घटनाका विविध कारणहरुमध्ये तीव्र गति र क्षमताभन्दा बढी यात्रु बोक्नु प्रमुख कारण भएको उल्लेख गर्दै गएराति मकवानपुरको बसामाडी–२ वस्तीपुरमा भएको सवारी दुर्घटनासमेत तीव्र गतिका कारण भएको जनाइएको छ ।

दुर्घटनाका सन्दर्भमा प्रहरीले सम्बन्धित यात्रु तथा अन्य सर्वेक्षणमा राजमार्गमा सवारी जाँच गर्ने स्थायी चेकपोस्ट (ढाट) नभएका कारणबाट सवारी जाँच नहुने तथा तीव्र गति र अन्य लार्पबाहीबारे यात्रुले समयमै प्रहरीलाई खबर गर्न टेलिफोन नम्बरको जानकारी नभएको भन्ने गुनासो प्राप्त भएकाले अब उप्रान्त यस्ता लार्पबाहीबारे प्रहरी परिचालन कक्षको टेलिफोन नम्बर ०१–४४१२७८०, ०१–४४११५४९, ०१–४४१५५९७ र ०१–४४१२७४८, त्यस्तै पैसा नलाग्ने टोल फ्री नं १६६००१४१५१६, प्रहरी कन्ट्रोल रुम १०० तथा मोबाइल नम्बर ९८४९०९११३९ मा जानकारी गराउनसमेत अनुरोध गरिएको छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

November 2014
S M T W T F S
 12
3456789
10111213141516
17181920212223
24252627282930
31