शनिबार, बैशाख १५, २०८१

गृहमन्त्री गौतमको अभिव्यक्ति विरुद्ध राप्रपा नेपाल सदन देखि सडकसम्म आन्दोलित

काठमाडौं कात्तिक १५, व्यवस्थापिका संसदको शुक्रवारको बैठकमा उपप्रम तथा गृहमन्त्री बामदेव गौतमले हिन्दु धर्मालम्बिहरुको मनोभावना विपरित आपत्तिजनक RPPN-Jhanda1अभिव्यक्ति दिएको भन्दै राप्रपा नेपाल सदन देखि सडकसम्म आन्दोलित भएका छन ।
राप्रपा निकट स्रोतका अनुसार गृहमन्त्री गौतमको अभिव्यक्ति विरुद्ध राप्रपा नेपालले आज दिउँसोे राजधानीको रत्नपार्कस्थित शान्ति बाटिकाबाट बिरोध जुलुस निकाल्ने जनाएको छ ।

त्यस्तै सत्ताको उन्मादमा गृहमन्त्री गौतमले भगवानप्रति व्यङग गरेको भन्दै राप्रपा लेपालले गृहमन्त्रीले आफ्ना अभिव्यक्ति फिर्ता लिएको उद्धघोष नगरुन्जेल आन्दोलन नरोकिने जनाएको छ ।