शुक्रबार, चैत्र १६, २०८०

लेखक–साहित्यकारको सम्मानको लागि प्रतिष्ठानले परिचयपत्र वितरण गर्ने

काठमाडौ कात्तिक १५, नेपाल प्रज्ञा प्रतिष्ठानले लेखक साहित्यकारलाई सम्मान र सुविधाका लागि छिमेकी मुलुक भारत र चीनमा जस्तै परिचयपत्र प्रदान गर्ने तयारी nepal_newspragya_prathisthanगरेको छ । मुलुकमा राष्ट्रिय परिचयपत्र निर्माणको तयारी भइरहेका बेला प्राज्ञिक क्षेत्रका निकायले साहित्यकारहरूलाई सम्मान र राहत महसुस गराउन यस्तो निर्णय गरेको हो । प्रतिष्ठानको यही कात्तिक १३ गतेको परिषद्को बैठकले परिचयपत्रको कार्यविधि तय गर्न प्राज्ञ सदस्य मातृका पोखरेलको संयोजकत्वमा सदस्यद्वय नर्मदेश्वरी सत्याल र श्रवण मुकारुङ रहेको समितिलाई जिम्मा दिएको बुझिएको छ।