शुक्रबार, बैशाख १४, २०८१

श्रमजीवी पत्रकारको समस्यालाई छिट्टै सम्बोधन गर्छौ : मन्त्री रिजाल

काठमाडौ कात्तिक १७, सञ्चारिका समूह नेपालको १८ औँ वार्षिकोत्सव तथा साधारणसभालाई सम्बोधन गर्दै सूचना तथा सञ्चारमन्त्री डा मीनेन्द्र रिजालले पत्रकारिता क्षेत्रको विकासका लागि प्रशिक्षण एकेडेमी स्थापना लगायतका कार्यक्रमको अवधारणा कार्यान्वयनमा ल्याउन लागिएको जानकारी दिनुभएको छ । त्यस्तै श्रमजीवी पत्रकारको समस्यालाई सम्बोधन गर्ने उद्देश्यले छिट्टै नै सञ्चारगृहका मालिक र श्रमजीवी पत्रकारबीच छलफल चलाइने समेत उहाँले बताउनुभयो ।

कार्यक्रममा प्रेस काउन्सिल नेपालका अध्यक्ष बोर्णबहादुर कार्की, नेपाल पत्रकार महासङ्घका अध्यक्ष डा महेन्द्र विष्ट, क्रियाशील महिला पत्रकार (डब्लु डब्लु जे) का अध्यक्ष शुभेच्छाविन्दु , प्रेस चौतारीका महासचिव माधव नेपाल, प्रेस युनियनका उपमहासचिव सलोजा दाहाल, सञ्चारिका समूहका अध्यक्ष निर्मला शर्मालगायतले े पत्रकारिता क्षेत्रको प्रवद्र्धन र महिला पत्रकारको नेतृत्व विकासका लागि सञ्चारिका समूहले पु¥याएको योगदानको चर्चा गर्नुभएको थियो