शनिबार, बैशाख ८, २०८१

हतियार व्यापार सन्धिमा हस्ताक्षरको माग गर्दै सभासद लेखकद्दारा सार्वजनिक महत्वको प्रस्ताव प्रस्तुत

काठमाडौ कात्तिक १८, व्यवस्थापिका–संसद्को आजको बैठकमा नेपाली काँग्रेसका सभासद् रमेश लेखकले हतियार व्यापार सन्धिमा हस्ताक्षर गरी 40643ecdfcf3ac8836355f8c6ee20e1bअनुमोदन गर्न जरुरी रहेको भन्दै सार्वजनिक महत्वको प्रस्ताव पेस गर्नुभएको छ ।

परम्परागत हातहतियारको व्यापार नियमनका लागि निश्चित मापदण्ड बनाउने र गैरकानुनी हातहतियारको व्यापार तथा ओसारपसार पूर्णरूपले नियन्त्रण गर्ने उद्देश्य रहेको सो सन्धिमा १२२ देशले हस्ताक्षर र ५४ देशले अनुमोदन गरिसकेको छ भन्दै सभासद् लेखकले नेपाल १० वर्षे जनयुद्ध समाप्त गरी संविधान निर्माण, शान्ति स्थापना कार्यमा लागिरहेको अवस्थामा यो सन्धिको अनुमोदनले विश्वसामु एउटा उदाहरण प्रस्तुत गर्न सक्षम हुने उल्लेख गर्नुभएको थियो ।