शनिबार, बैशाख १५, २०८१

विमानस्थलका अर्का नासु  सुरेश थपलिया ५१ लाख रुपैयाँ  सहित पक्राउ 

 काठमाडौ कार्तिक २२, अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले शुक्रवबर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयका नासु akither-ko-logo1हरिवंश कार्की घुस लिँदै गर्दा रङगेहात पक्राउ परेलगत्तै आयोगका टोलीले त्रिभूवन विमानस्थलका अर्का नायब सुब्बा सुरेश थपलियालाई ५१ लाख रुपैयाँ सहित पक्राउ गरेको छ ।

विमानस्थल जाँचपास परीक्षणमा कार्यरत नायब सुब्बा थपलियालाई आज पक्राउ गर्दा  उनीबाट ५१ लाख रुपैयाँ बरामद गरेको अख्तियर स्रोतले जनाएको छ।  यसैगरी अख्तियारले शुक्रबार राति पक्राउ परेका नासु हरिवंश कार्कीकी श्रीमती लक्ष्मी लम्साललाई पनि नियन्त्रणमा लिएको जनाउँदै विमानस्थल भन्सार कार्यालयमा कार्यरत सवारी चालक पुरुषोत्तम थापालाईसमेत अनुसन्धानको लागि हिरासतमा लिएको छ ।