प्रजातन्त्रका पिता एवम् जनआन्दोलनका सर्वोच्च कमान्डर वीर गणेशमान सिंहको योगदान अव इन्टरनेटमा
काठमाडौ कात्तिक २३, जनआन्दोलनका सर्वोच्च कमान्डर तथा प्रजान्त्रका पिता एवम् लौह पूरुष वीर गणेशमान सिंहले आफ्नो जीवनकालमा
मुलुकको लागि गर्नुृ भएको योगदानको अलावा अत्यन्त मननीय क्रियाकलापलाई अब इन्टरनेटबाट पनि हेर्न सकिने भएको छ । प्रजान्त्रका पिता नेता सिहंका जन्म शताब्दीको अवसरमा गणेशमान सिहं फाउन्डेसनद्दारा सार्वाच्च नेता सिंहको स्मृतिमा सुरु गरेको वेबसाइट www.ganeshmanfoundation.org को शुभारम्भ गर्न शनिवार आयोजित कार्यक्रममा जानकारी दिदै उक्त वेबसाइटमा उहाँको जीवनी, तस्बिर, भाषण, वृत्तचित्रलगायतका सामग्री राखिएको जानकारी दिइएको छ ।
कार्यक्रममा वेबसाइटको शुभारम्भ गर्दै उहाका सपुत्र तथा नेपाल सरकारका उपप्रधानमन्त्री प्रकाशमान सिंहले दुरगामी शोच राख्न हुँने गणेशमान जस्तो नेताको अभावका कारण मुलुकमा अशातित रुपमा विद्यमान संक्रमणकालको अन्त्य गर्न र अराजक शोचका मतियारहरुल सल्बलाउँने मौका पाइरहेको बताउँनु भएको थियो ।
त्यस्तै उहाँले मुलुकमा गणेशमान, बिपी, गिरिजाजस्ता नेताहरुका उपस्थिती रहको हो भने विद्यमान यावत अन्यौलताले निकास पाइसक्ने अव्यिक्ति दिनु भएको थियो । कार्यक्रममा पूर्व सभामुख दमननाथ ढुङ्गाना माथवरसिंह बस्नेत लगायतले बोल्नु भएको थियो ।
कार्यक्रम पछि यस www.kantipurhotline.com ले उक्त वेबसाइट साइट सर्च गर्दा वेबसाइटमा यस अनलाइनमा प्रकाशित
- प्रजातन्त्रका पिता गणेशमान सिंहको स्मृतिमा समावेशी भवन निर्माण गर्नेउप प्रम सिहंको उद्घोष
काठमाडौंअषाढ १६, आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानको सञ्चालक परिषद्को १२औंबैठकको उद्घाटन सत्रलाई सम्बोधन गर्दैउपप्रधानमन्त्री प्रकाशमान सिंहलेप्रजातन्त्रका पिता एवम्सर्वोच्च नेता गणेशमान सिंहको स्मृतिमा समावेशी भवन निर्माण गरि जातीय सामज्य…थप पढ्नुहोस्
शिर्षकको समाचारलाइ पनि स्थान दिएको पाउँदा अनलाइन टिमको तर्फबाट गणेशमान सिहं फाउन्डेसनलाई हार्दिक धन्यवाद दिन चाहन्छौं ।
http://kantipurhotline.com/22941/ समाचार लिङक