शुक्रबार, चैत्र १६, २०८०

विमानस्थल भन्सारका नासु रङगेहात पक्राउ

काठमाडौ कात्तिक २१ , त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयका नासु हरिवंश कार्की घुस लिँदै गर्दा रङगेहात पक्राउ परेका छन् । akither-ko-logo1अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले निजसहित धूम्रबाराहीको एक क्याफेबाट आज राति दुई भन्सार एजेन्ट पनि पक्राउ गरेको आयोगका प्रवक्ता श्रीधर सापकोटालाइउदत गर्दै प्राप्त समाचारमा उल्लेख गरिएको छ ।

त्यस्तै समाचारमा नासु कार्कीका साथबाट रु २१ लाख ४० हजार बरामद भएको आयोगले जनाएको छ । अभियुक्तसँग सोधपुछ र अनुसन्धान भइरहेको बताइएको छ ।