शुक्रबार, बैशाख १४, २०८१

महासङघको ध्यानाकर्षण पत्र बुझ्दै प्रम कोइरालले भने निर्धारित मितिमा नै संविधान जारी हुन्छ

काठमाडौ कात्तिक २६, नेपाल पत्रकार महासङ्घले पत्रकारको पेसागत तथा भौतिक सुरक्षा, समग्र पत्रकारिताको व्यावसायिक विकास एवम् संविधान fng logo 1निर्माणको तीन महिने विशेष अभियान अन्र्तगत आज प्रधानमन्त्री सुशील कोइरालाले निर्धारित मितिमा नै संविधान जारी हुने कुरामा आशङ्का नगर्न आग्रह गर्नुभएको छ ।

संविधान निर्माणको तीन महिने विशेष अभियानका क्रममा प्रधानमन्त्री निवास बालुवाटारमा महासङ्घले बुझाएको ध्यानाकर्षण पत्र बुझ्दै प्रम कोइरालाले यस्तो आग्रह गनु भएको हो । साथै प्रम कोइरालाले आफूहरू सहमति, सहकार्य र एकताबाटै अघि बढ्न चाहेको र त्यसका लागि सबै राजनीतिक दलहरू गम्भीर हुनुको अलावा पत्रकार महासङ्घलगायत समग्र प्रेस जगतको सकारात्मक भूमिकाको अपेक्षा गरेको बताउँनु भएको थियो ।

नेपाली जनतासँग गरेको वाचा नतोडौँ, २०७१ माघ ८ भित्रै संविधान निर्माण गरौँ’ भन्ने मूल आह्वानसहित महासङ्घ अध्यक्ष डा महेन्द्र विष्टको नेतृत्वमा गएको पदाधिकारीटोलीले प्रम कोइरालालाइ बुझाएको ध्यानाकर्षण पत्रमा श्रमजीवी पत्रकार ऐनको कार्यान्वयन, दक्षता अभिवृद्धिको लागि आमसञ्चार प्रशिक्षण प्रतिष्ठानको स्थापना, बिमा सुविधा, द्वन्द्वपीडित पत्रकार कल्याण कोषको स्थापनालगायतका विषयवस्तु समेटिएको छ ।

यस्तो छ महासङ्घले बुझाएको ध्यानाकर्षण पत्र

fnj