शुक्रबार, चैत्र १६, २०८०

निर्धारित मितिमानै संविधान निर्माणका लागि युनियनले दबाब दिने

काठमाडौ कात्तिक २७, नेपाल प्रेस युनियनले ‘प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता सहितको लोकतान्त्रिक संविधान, नेपाल प्रेस युनियनको देशव्यापी अभियान’ भन्ने press unionनाराका साथ आगामी माघ ८ भित्रै संविधान निर्माण गर्न देशव्यापी दबाब अभियान कार्यक्रम सञ्चालन गर्ने भएको छ । धुलिखेलमा सम्पन्न युनियनको कार्यसम्पादन समितिको बैठकले केन्द्रीय समितिले गरेको निर्णयमा जोड दिँदै संविधान निर्माण गर्न देशव्यापी दबाबका लागि यही कात्तिक २७ देखि मङ्सिर दोस्रो सातासम्म प्रमुख दलका शीर्ष नेताको ध्यानाकर्षण गराउने निर्णय गरेको युनियनका महासचिव अजयबाबु शिवाकोटीद्वारा आज जारी विज्ञप्तिमा उल्लेख छ ।

त्यस्तै विज्ञप्तिमा कार्य सम्पादनको बैठकले युनियनको आफ्नै भवन निर्माणका लागि केन्द्रीय अध्यक्ष बद्री सिग्देलको संयोजकत्वमा समिति गठन गर्ने निर्णय गर्नाका साथै वरिष्ठ उपाध्यक्ष दीपक आचार्यको संयोजकत्वमा केन्द्रीय कार्यालय मातहत रहने गरी पत्रकार कल्याणकारी कोष स्थापनाको लागि पहल गदै युनियनले केन्द्रीयस्तरमा विभिन्न राजनेता तथा प्रजातान्त्रिक आन्दोलनका धरोहरका नाममा तथा जिल्ला, अञ्चल र क्षेत्रीयमा विभिन्न प्रजातान्त्रिक सेनानीको नाममा पुरस्कारको स्थापना गर्ने निर्णय गर्दै यसलाई नियमन गर्न विनियमावली बनाउने तयारी गरेको  उल्लेख गरिएको  छ ।