शुक्रबार, बैशाख १४, २०८१

प्रेस युनियनले पत्रकारका हकहितको सुनिश्चिततका लागि ट्रेड युनियनको नेतृत्व लिने

काठमाडौ कार्तिक १७, नेपाल प्रेस युनियनले श्रमजीवी पत्रकारका हकहितको सुनिश्चिततका लागि ट्रेड युनियन आन्दोलनको पक्षमा आफ्नो पूर्ववत् अडानलाई अझ सशक्त बनाउने निर्णय गर्दै  ट्रेड युनियको नेतृत्वका लागि पहल गर्ने भएको छ ।

press unionयुनियनको नवलपरासीको अमलटारी बैठकले श्रमजीवी पत्रकारको ट्रेड युनियन अधिकारको पक्षमा वकालत गर्दै नेपाल पत्रकार महासङ्घलाई ट्रेड युनियन संस्था तथा अभियानका रुपमा लैजानुपर्ने र त्यसका लागि महासङ्घ तयार नभए सञ्चारसङग सम्बन्धित अन्य वैचारिक संस्थासँग समेत छलफल चलाउनका लागि नेतृत्वदायी भूमिका लिने निर्णय निर्णय गरेको युनियनका महासचिव अजयबाबु शिवाकोटीद्दारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।

त्यस्तै विज्ञप्तिमा श्रमजीवी पत्रकार ऐन तथा त्यसका आधारमा बनेको नियमावलीको कार्यान्वयनका साथै पत्रकारको दुर्घटना बिमा तथा औषधोपचार बिमाका लागि रोजगारदाता सञ्चारगृहलाई समेत उत्तरदायी बनाउनुपर्ने निर्णय भएको उल्लेख गर्दै यसको लागि रु पाँच लाख बराबरको दुर्घटना बिमा तथा रु एक लाख बराबरको औषधोपचार बिमाको व्यवस्था गरी त्यसको तिर्नुपर्ने बिमा प्रिमियममा रोजगारदाता सञ्चारगृहले ६० प्रतिशत र श्रमजीवी पत्रकारले ४० प्रतिशत तिर्नुपर्ने व्यवस्था तत्काल लागू गर्ने निर्देशन जारी गर्न सरकारसँग बैठकले माग गरेको उल्लेख गरिएको छ ।

साथै रेडियो, टेलिभिजन, पत्रपत्रिका तथा अनलाइन सञ्चारमाध्यमको सुदृढीकरण गर्न सरकारका स्थानीय विज्ञापन स्थानीय सञ्चारमाध्यममा समानुपातिक रुपमा वितरणका लागि युनियनले माग गरेको जनाउँदै युनियनले लोकतान्त्रिक संविधान आगामी माघ ८ भित्रै निर्माण गरी जारी गर्ने पक्षमा दलहरुलाई खबरदारी गर्दै त्यसका लागि राष्ट्रियस्तरमा सकारात्मक खबरदारीका कार्यक्रमको आयोजना महासचिव शिवाकोटीद्वारा जारी विज्ञप्तिमा उल्लेख रहेको छ ।