बिहिबार, बैशाख १३, २०८१

संविधान निर्माणका लागि महासंङघले तीन महिने विशेष अभियान सञ्चालन गर्ने

काठमाडौं कात्तिक १८ ,नेपाल पत्रकार महासंङघले समयसीमाभित्र संविधान निर्माणका लागि आहवानसहित तीन महिने विशेष अभियान सञ्चालन गर्ने भएको छ। महासंघ केन्द्रीय समितिको तेस्रो बैठकले घलेगाउँ घोषणापत्र २०७१ जार गदै नेपाली जनतासँग गरेको बाचा नतोडौं, २०७१ माघ ८ भित्रै fng logo 1संविधान निर्माण गरौुं भन्ने नारासहित देशव्यापी दबाबको कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको हो।

अभियानअन्तर्गत कात्तिक २२ सम्म महासंङघका सबै जिल्ला शाखा, प्रतिष्ठान शाखा, वैदेशिक शाखा र एसोसिएट संस्थाले कार्यसमिति बैठक गरी संविधान निर्माणमा महासंघको अभियान-२०७१ को विषयमा छलफल र तयारी गर्ने छन्। कात्तिक २३ देखि २६ सम्म महासंघ केन्द्र र महासंङघसङग आबद्ध संस्थाहरूले आफ्नो अनुकूलताअनुसार सम्बन्धित क्षेत्रका सम्पादक, क्रियाशील पत्रकार, मिडिया व्यवस्थापन, पत्रकारिता क्षेत्रका अगुवा संस्था, शान्ति र लोकतन्त्रका लागि पेसागत सञ्चाल (पापड)मा आबद्ध संस्था र नागरिक समाजका विभिन्न संघसंस्थासँग सामूहिक वा अलगअलग रूपमा अन्तक्रिर्या गर्ने कार्यक्रम तय गरेको छ भने श्रमजीवी पत्रकारको हकहित अभियानका कार्यक्रम अन्तगत नितिगतरुपमा विभिन्न कार्यक्रम सञ्चालन गर्ने  भएको महासंङघका महासचिव उजिर मगरद्दारा जारी प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ।

घलेगाउँ घोषणापत्र २०७१: 

१. श्रमजीवी पत्रकार ऐन लागू भएको दुई दशक भन्दा बढी समय हुँदा पनि त्यसको पूर्ण र प्रभावकारी कार्यन्वयन हुन नसकेकोमा नेपाल पत्रकार महासंघ गंभीर भएको छ । श्रमजीवी पत्रकार ऐन कार्यान्वयनका सन्दर्भमा पछिल्लो समय महासंघले गरेको प्रयासलाई तिब्रता दिँदै यो बैठक श्रमजीवी पत्रकार ऐनको पूर्ण कार्यान्वयनका लागि संचार प्रतिष्ठान व्यवस्थापन र नेपाल सरकारलाई पुनः आह्वान गर्दछ । यसमा बेवास्ता गरिएमा महासंङघ कडा आन्दोलन गर्न बाध्य हुने घोषणा गर्दछ ।

२. २०६२/६३ को ऐतिहासिक जनआन्दोलनको एउटा प्रमुख पक्षसमेत रहेको नेपाली प्रेस जगत र त्यसको अगुवाइ गर्ने नेपाल पत्रकार महासंङघ परिवर्तनका एजेण्डालाई संस्थागत गर्ने प्रमुख दस्तावेज संविधान निर्माणमा संविधानसभा र राजनीतिक दलहरुबाट भैरहेको पहलको स्वागत गर्दछ । तर, पछिल्ला दिनमा दलहरुबीच बढ्दै गएको असहमति र धु्रवीकरणले दलहरु कतै आफैले बाचा गरेको समयसीमा २०७१ माघ ८ भित्र संविधान दिन फेरि पनि असफल हुने त हैनन् भन्ने गम्भीर आशंका उत्पन्न भएको छ । नेपाल पत्रकार महासंघ लोकतान्त्रिक आन्दोलन र संघर्षको उपलब्धी स्वरुप प्राप्त भएका लोकतन्त्र, गणतन्त्र, संघीयता, समावेशिता जस्ता महत्वपूर्ण परिवर्तनलाई संस्थागत गर्न पूर्ण प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतासहितको लोकतान्त्रिक संविधान निर्माणमा ध्यान केन्द्रित गर्री नेपाली जनतासँग गरेको बाचा नतोडौं, २०७१ माघ ८ भित्रै संविधान निर्माण गरौं’ भन्ने मूल आह्वानसहित तीन महिने विशेष अभियान सञ्चालन गर्ने घोषणा गर्दछ । महासंङघ यस अभियानमा साथ, सहयोग र सहभागिताका लागि सबैमा अपिल गर्दछ ।

३. प्रेस स्वतन्त्रता र निर्वाध ढंगले सूचना सम्प्रेषणको अधिकार समेत हनन हुने गरी ल्याइएको अदालतको अपहेलना सम्बन्धी विधेयक सार्वजनिक छलफलमा लगिनुलाई सकारात्मक रुपमा लिदै महासंघको यो बैठक छलफल प्रक्रियामा सहभागी भई विधेयकलाई प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामैत्री हुने गरी संशोधनका लागि भूमिका खेल्न महासंघका सबै शाखा÷एशोसियट संस्था, प्रेस जगत र विचार तथा अभिव्यक्ति स्वतन्त्रता पक्षधर सबैमा आग्रह गर्दछ ।

४. पत्रकारको सीप, दक्षता अभिवृद्धिका लागि राष्ट्रिय आमसंचार प्रशिक्षण प्रतिष्ठान स्थापनाका लागि नेपाल पत्रकार महासंङघको यसै बैठकद्वारा पारित अवधारणा अनुरुप तत्काल प्रतिष्ठान स्थापना गरी प्रशिक्षण कार्यक्रम सञ्चालनको लागि यो बैठक सरकारसँग आग्रह गर्दछ ।

५. श्रमजीवी पत्रकारको दुर्घटना वीमा र द्वन्द्व पीडित पत्रकार कल्याण कोष निर्देशिका मन्त्रिपरिषदद्वारा पारित भइसकेको सन्र्दभमा छिटो भन्दा छिटो त्यसको कार्यान्वयनका लागि यो बैठक सरकारको गम्भीर ध्यानाकर्षण गराउँछ । साथै, महासंघका सवै सदस्यका लागि लागू हुने बीमाको सुविधा लिन सूचना विभागबाट जारी हुने प्रेस पास अनिवार्य हुने भएकोले प्रेस पाससमेत लिई तयारी अवस्थामा रहन सबै पत्रकार साथीहरुलाई आह्वान गर्दछ ।

६. पत्रकारहरुमाथि देशव्यापी रुपमा भइरहेको भौतिक आक्रमणका कारण अहिले पनि पत्रकारहरु असुरक्षित महसुस गरिरहेका छन् भने प्रेस स्वतन्त्रता संकुचित भैरहेको अवस्था छ । महासंघ पत्रकारको भौतिक सुरक्षा, प्रेस स्वतन्त्रताको निर्वाध उपभोगको वातावरण एवं पत्रकारमाथि आक्रमण गर्नेहरुमाथि कानुनी कारवाहीको लागि नेपाल सरकारसँग आग्रह गर्दछ ।

७. यो बैठक आम पत्रकारको क्षमता, व्यावसायिकता र नेतृत्व विकासका लागि नेपाल पत्रकार महासंघले विभिन्न योजनाहरुका साथ काम गर्ने घोषणा गर्दछ । यस्ता योजनामा विशेष गरी महिला, जनजाति, दलित, मधेशी, पीछडिएका क्षेत्र, अल्पसंख्यक र यौनिक तथा लैगिंक अल्पसंख्यक, अपांगता क्षेत्रबाट प्रतिनिधित्व गर्ने पत्रकारहरुको सहभागितालाई ध्यान दिनेछ । महासंङघको यो बैठक लैगिंकमैत्री संचार निर्देशिका २०७० र सञ्चार प्रतिष्ठानलाई समावेशी बनाउनेसम्बन्धी कार्यदलको सुझाव कार्यान्वयनका लागि सरकारको ध्यानाकर्षण गराउँछ ।

८. समानुपातिक विज्ञापन नीति पारित भएको लामो समय बितिसक्दा पनि लागु नभएका कारण समानुपातिक विज्ञापन वितरण प्रणाली कार्यान्वयनका लागि सरकारसँग आग्रह गर्दछ ।

९. महासंङघको यो बैठक लमजुङ जिल्लाका विभिन्न भागमा विकास र प्रवद्र्धन भैरहेको ग्रामीण पर्यटनको सराहना गर्दै स्थानीय जनताको आर्थिक विकास र राष्ट्रको पहिचान बढाउने यस्ता पहलको आमसञ्चार जगतबाट पनि व्यावसायिक सीमाभित्र रही साथ र सहयोग हुनु सान्दर्भिक ठान्दछ । सार्क सम्मेलन नेपालमै आयोजनाको अन्तिम तयारीको बेला सार्क क्षेत्रकै नमूना पर्यटन गाउँ घलेगाउँको पर्यटकिय विकासमा सकारात्मक भूमिकाका लागि सरकारको ध्यानाकर्षण गराउँदै यो बैठक घलेगाउँको भौतिक पूर्वाधार विकास गर्न र त्यहाँ पुग्ने विद्यमान सडक अत्यन्तै जोखिमपूर्ण रहेकोले सोको सुधारका लागि नेपाल सरकार र सम्बद्ध निकायमा अपील गर्दछ । साथै, राष्ट्रकै नमूना होमस्टेका रुपमा विकसित लमजुङकै गाउँशहर काउलेपानी क्षेत्रको पूर्वाधार विकास र सडक सुधारका लागि पनि सम्बद्ध सवैमा आग्रह गर्दछ ।

१०. दक्षिण एसियाकै नमूना गाउँ लमजुङको घले गाउँमा नेपाल पत्रकार महासंघ केन्द्रीय समितिको तेस्रो पूर्ण बैठक आयोजना र व्यवस्थापन एवं गाउँशहर काउलेपानीमा घोषणापत्र जारी गर्नका लागि नेपाल पत्रकार महासंघ लमजुङ शाखा, जिल्ला विकास समिति लमजुङ, पर्यटन व्यवस्थापन समिति ग्रामीण पर्यटन घले गाउँ, अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना, सिनो हाइड्रो पावर, लमजुङ उद्योग वाणिज्य संघ र स्थानीय बासिन्दालाई बिशेष धन्यवाद व्यक्त गर्दछ । साथै, यो घोषणापत्र सार्वजनिक भएको स्थल काउलेपानी क्षेत्रका सवै संघसंस्था र व्यक्तिहरुमा धन्यवाद ज्ञापन गर्दछ ।