शनिबार, बैशाख ८, २०८१

विज्ञापन आचारसंहिताको प्रारम्भिक मस्यौदा तयार : सहायक प्रवक्ता पन्थी

मुलकमा टेलिभिजनको इजाजत लिनेको सङ्ख्या ८५ पुग्यो

काठमाडौ कात्तिक १७, सूचना तथा सञ्चार मन्त्रालय अन्र्तगत सूचना विभागद्वारा आज आयोजित प्रवक्ता पत्रकार भेटघाट कार्यक्रममा मन्त्रालयका सहायक प्रवक्ता यदुप्रसाद पन्थीले विज्ञापन suchana-mantarlayeआचारसंहिताको प्रारम्भिक मस्यौदा तयार भइरहेको जानकारी दिनु भएको छ ।

त्यस्तै आव २०६९/७० अवधिको पत्रपत्रिका वर्गीकरण प्रारम्भ भएको जानकारी गराउँदै उहाँले आव २०७१/७१ अवधिका पत्रपत्रिका वर्गीकरणका लागि यही कात्तिक मसान्तसम्मको म्याद दिई आवेदन माग गरिएको बताउनुभयो । मन्त्रालयका अनुसार गत असोज महिनासम्म टेलिभिजनको इजाजत लिनेको सङ्ख्या ८५ र एफएम सञ्चालनका लागि अनुमति दिइएको सङ्ख्या ५८६ तथा केबुलबाट प्रसारण अनुमति लिनेको सङ्ख्या ८३६ पुगेको त्यस अवसरमा जानकारी दिईएको छ।

त्यस्तैगरि ऊर्जा मन्त्रालयका प्रवक्ता केशवध्वज अधिकारीले भारतको नयाँ दिल्लीमा गत असोज ३०–३१ मा भएको सार्क ऊर्जा मन्त्रीको पाँचौं बैठकबाट क्षेत्रीय ऊर्जा सहयोगका लागि छाता सम्झौता पारित भएको र सदस्य राष्ट्रले आआफ्नो सरकारबाट स्वीकृतिको औपचारिकता पूरा भएपछि उक्त सम्झौता आगामी सार्क शिखर सम्मेलनमा हस्ताक्षर हुने कार्यक्रम रहेको जानकारी दिनु भएको छ भने सार्वजनिक खरिद अनुगमन कार्यालयका सहसचिव नरेशकुमार चापागाईंले सार्वजनिक खरिद ऐन, २०६३ को प्रथम संशोधन मस्यौदा प्रस्ताव संसदमा पेस गर्न स्वीकृतिका लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पठाइएको जानकारी दिनु भएको छ ।