शनिबार, बैशाख १५, २०८१

निगमका वरिष्ठ निर्देशकमाथि भ्रष्टाचार मुद्दा

काठमाडौ कात्तिक २३, अख्तियार दुरूपयोग अनुसन्धान आयोगले नेपाल वायु सेवा निगमका वरिष्ठ कामु निर्देशक अच्युतराज पहाडीमाथि भ्रष्टाचार गरेको अभियोगमा आज विशेष अदालतमा मुद्दा दायर गरेको छ । आयोगका अनुसार कामु निर्देशक पहाडीले विमानको पाङ्ग्रा (टायर) खरिदमा रु २० akither-ko-logo1लाख दुई हजार २१६ भ्रष्टाचार गरेको अनुसन्धानबाट खुलेको जनाउदै विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

पहाडीले अन्तर्राष्ट्रिय उडानमा रहेको जहाजको टायर जगेडा रहँदारहँदै खरिद गरी निगमलाई हानी नोक्सानी पु¥याएको पाइएको छ । खरिद प्रक्रियामा समेत कानुनी प्रावधान पूरा नगरेको र बढी रकम तिरेको आयोगद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।  पहाडीले ७८० अमेरिकी डलर पर्ने मुख्य टायर एक हजार ४७५ मा खरिद गरेको र ५७५ डलर पर्ने नोज टायर एक हजार १० डलरमा खरिद गरेका थिए । खरिद गरिएका टायर निगमको आफ्नै उडानबाट खरिद नगरी अन्य उडानबाटै ल्याइएको र निगमको बि ७५७ जहाजमा प्रयोग हुने टायर खरिदमा सार्वजनिक खरिद ऐनको प्रावधानलाई समेत ध्यान नदिइएको आयोगले जनाएको छ