शुक्रबार, बैशाख १४, २०८१

नयाँ संविधान जारी हुने संभावना क्षिण :पूर्वमन्त्री झा

काठमाडौं कार्तिक १६,सङ्घीय सद्भावना पार्टीका अध्यक्ष एवम् पूर्वमन्त्री अनिलकुमार झाले सङघीय सदभावना पार्टी रुपन्देहीका जिल्लास्तरिय कार्यकर्ता भेटघाट 10347427_942434652452951_9099190423832324307_nकार्यक्रममा बोल्दै दलहरुले सहमतिको नाममा समय बिताउने काम मात्र गरिरहेकाले माघ ८ मा नयाँ संविधान जारी हुने कुनै संभावना क्षिण हुँदै गएको बताउनुभएको छ ।

त्यस्तै उहाँले संबिधानसभाबाट मधेश, मधेशी, मधेशवाद, सङघीयता, समानुपातिक प्रतिनिधित्व, समावेशीकरण जस्ता लोकतन्त्र र समानताका पिलरहरुलाई मजबुत पार्न मधेशवादी दलहरुकोबीचमा व्यापक एकता र सहकार्यको आवश्यकता औल्याउँदै यसको लागि सङघीय सदभावना पार्टीले निर्वाचन भन्दा पहिले पनि मधेशी एकताको पक्षमा व्यापक प्रयास गर्दा पनि अन्य मधेशवादी पार्टी र नेताहरुको दम्भका कारण त्यो सम्भव हुन नसकेको बताउनु भएको छ । साथै उहाँले प्रक्रियाबाट संविधान जारी गर्न खोजिए त्यो आफूहरुलाई कुनै हालतमा मान्य नहुने बताउनुभएको जारी  विज्ञप्तिमा उल्लेख गरिएको छ।