शनिबार, बैशाख ८, २०८१

गृहमन्त्रीले धर्मप्रति अपमान हुने शब्द फिर्ता लिन्छुु भन्दै माफी मागेपछि संसद् सुचारु

काठमाडौं कार्तिक १६, उपप्रधान एवं गृहमन्त्री वामदेव गौतमले व्यवस्थापिका संसदको बैठकमा राप्रपा नेपाललाई कुन कुन शब्दले अपमान महसुस भयो म ती शब्दहरु bamdaveफिर्ता लिन्छु भन्दै माफी मागेपछि संसद् सुचारु भएको छ ।

हिन्दूधर्मप्रति अनादर अभिव्यक्ति दिदै धर्मको अपहेलना गरेको भन्दै राप्रपा नेपालले सदन देखि सडक सम्म आन्दोलनको घोषणा गरेपछि  व्यवस्थापिका संसदमा गृहमन्त्रीले धर्मप्रति अपमान हुने शब्द फिर्ता लिन्छुु भन्दै माफी मागेपछि संसद् सुचारु भएको हो ।

यसअघि हिन्दूराष्ट्र कायम गर्नुपर्ने मागसहित शान्तिबाटिकामा अनसनमा बसेका धर्मगुरुहरुलाई प्रहरी लगाएर लखेटेको भन्दै राप्रपा नेपालले शुक्रबारको बैठक अबरोध गरेको थियो । त्यसक्रममा सत्तापक्ष र राप्रपा नेपालका सभासदवीच हात हालाहालको अवस्था सिर्जन भएको थियो।