शनिबार, बैशाख १५, २०८१

अन्ततः भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी काठमाडौं बाहिर नजाने पक्का : विदेश मन्त्रालय प्रवक्ता सैयद अकबरुद्दिन

काठमाडौ मङसिर ७, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी अन्ततः काठमाडौं बाहिर नजाने पक्का भएको छ । भारतीय प्रधानमन्त्री मोदीको भ्रमण सार्क सम्मेलनमा काठमाडौं मात्र हुँने प्रष्ट पार्दै भारतीय विदेश मन्त्रालयका प्रवक्ता सैयद अकबरुद्दिनले मोदीको काठमाडौं बाहिरको भ्रमण रद्द भएको औपचारिक जानकारी दिएको समाचार स्रोतहरुले जनाएको छ ।

विदेश मन्त्रालयका प्रवक्ता अकबरुद्दिनले प्रम मोदीको भ्रमण रद्द भएको औपचारिक जानकारी दिनेक्रममा नेपाल( भारतको सम्बन्धलाई गहिरो महत्त्व दिदै पछि अनुकल समयमा नेपालका बाँकी ठाउँका भ्रमण गर्ने बताएका बुझिएको छ ।

यसअघि सार्क शिखर सम्मेलनमा नेपाल आउँदा प्रम मोदीले जनकपुर, लुम्बिनी र मुक्तिनाथ भ्रमण गर्ने तय भएको भएपनि थियो । तर एमाओवादीसहित केही मधेसी दलको कारण देखाउँदै मोदीको जनकपुर भ्रमण रद्द भएको भन्दै भौतिक पूर्वाधार तथा यातायात मन्त्री विमलेन्द्र निधिले विज्ञप्ति जारीको परराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डे, गृहसचिव सूर्य सिलवाल र भारतीय राजदूत रणजीत रायले भ्रमण रद्द नभएको दाबी गरेका थिए ।