बुधबार, साउन २५, २०७९

शिखर सम्मेलनको उद्घाटन प्रधानमन्त्री कोइरालाले गर्ने

काठमाडौं मङसिर ८, दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) को १८ औँ शिखर सम्मेलनको उद्घाटन आयोजक राष्ट्र नेपालका प्रधानमन्त्री सुशील कोइरालाले गर्नुहुने भएको छ । सार्कका वर्तमान अध्यक्ष माल्दिभ्सका राष्ट्रपति अब्दुल्ला यामिन अब्दुल गैयुमले १८ औँ शिखर सम्मेलन सुरु sark480X320_7beaeb7fdd85f0ee1b87b24cac50c74bभएको घोषणा गर्नुभएपछि मङ्सिर १० गते बिहान ९ः३० बजे आयोजक राष्ट्रका प्रधानमन्त्री कोइरालाले शिखर सम्मेलनको उद्घाटन गर्ने कार्यक्रम तय भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।  त्यसपछि सम्मेलनले छलफलका कार्यसूची अनुमोदन गरेपछि सार्कको अध्यक्षताका लागि माल्दिभ्सका राष्ट्रपति गैयुमले आयोजक राष्ट्र नेपालका प्रधानमन्त्रीलाई प्रस्ताव गर्नु हुनेछ ।

उक्त प्रस्तावप्रति सार्कका सबै मुलुकका राष्ट्राध्यक्ष÷सरकार प्रमुखले स्वीकृति जनाउनु हुनेछ । अध्यक्ष प्रस्तावको स्वीकृतिपछि नेपालका प्रधानमन्त्रीले सार्कको अध्यक्षमा निर्वाचित भएकामा धन्यवाद ज्ञापन गर्दै आफ्नो उद्घाटन सम्बोधन गर्नुहुनेछ ।   सम्मेलनमा क्रमशः पाकिस्तानका प्रधानमन्त्री नवाज सरिफ, श्रीलङ्काका राष्ट्रपति महिन्दा राजापाक्ष, अफगानिस्तानका राष्ट्रपति असरफ घानी, बङ्गलादेशका प्रधानमन्त्री शेख हसिना वाजेद, भुटानका प्रधानमन्त्री छिरिङ तोब्गेले र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई प्रधानमन्त्री कोइरालाले सम्बोधन लागि निम्त्याउने मन्त्रालयको कार्यसूचीमा उल्लेख गरिएको छ ।

अध्यक्षबाट निवर्तमान हुने माल्दिभ्सका राष्ट्रपति यामिनले पुनः सम्बोधन गर्नुहुनेछ । सम्बोधन बिहान १०ः२० देखि ११ः४० बजेसम्म रहने कार्यक्रम छ ।

त्यसपछि सार्कका महासचिव अर्जुनबहादुर थापा र सार्कका पर्यवेक्षक मुलुकलाई वर्णानुक्रमानुसार सम्बोधनका लागि प्रधानमन्त्री कोइरालाले आमन्त्रण गर्नु हुनेछ । पर्यवेक्षक मुलुक क्रमशः अष्ट्रेलिया, चीन, इरान, जापान, कोरिया, मरिसस, म्यानमार, संयुक्त राज्य अमेरिका र युरोपेली सङ्घका प्रतिनिधिले मन्तव्य राख्नुहुनेछ ।  यो सम्बोधन ११ः४१ देखि १२ः२८ सम्म रहने कार्यसूची रहेको छ । पर्यवेक्षक मुलुकबाट सम्बोधनका लागि कम्तीमा राज्यमन्त्री÷उपमन्त्री सरहको प्रतिनिधि हुनुपर्ने प्रावधान छ ।

साल्ट ट्रेडिङ्ग कपोर्रेशन लिमिटेड

कालिमाटी, काठमाडौं
फोन नं: ०१४ २७० ३१५ ,फ्याक्स: ०१४ २७१ ७०४
Email salt@stcnepal.com, admin@stcnepal.com

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

November 2014
S M T W T F S
 12
3456789
10111213141516
17181920212223
24252627282930
31