शनिबार, बैशाख १५, २०८१

तिहारको मुखमा रातभरी बहाल रहेका जागिर भोलीपल्ट चट्

भक्तपुर कार्तिक २, जनक शिक्षा सामग्री केन्द्रले संस्था धरासयी भएको भन्दै २ सय ३० अस्थायी र ज्यालादारी कर्मचारीलाई विना जानकारी शनिबारदेखि ८ बजे मुल गेटमा अवकास दिएको सूचना टाँस गर्दै अवकास दिएको छ । केन्द्रमा कार्यरत अस्याथी, दैनिक र मासिक ज्यालादारी एवम करार सेवाका downloadकर्मचारीहरुलाई कातिक १ देखि अवकास दिने निर्णय कार्यान्वयन गर्न भन्दै मन्त्रालयले असोज १० मा पत्र पठाएको थियो ।

सूचना सम्ब्नधी  जानकारी पाए पछि  ति कर्मचारीहरुले तिहारको मुखमा  विना सूचना आफुहरुलाइ यसरी हटाइएको कर्मचरीहरुले तिब्र आक्रोस व्यक्त गरेका छन ।

केन्द्रका प्रशासन प्रमुख महेन्द्र गौतमका अनुसार दशैका तलब खुवाउने रकम नभएपछि अर्थ मन्त्रालयसङग ऋण माग्दा अस्थायी र ज्यालादारी कर्मचारीलाई निकाल्नु पर्ने पहिलो सर्तसहित कर्मचारीलाई अवकास दिने सर्तमा २० करोड निकास दिन शिक्षा मन्त्रालयलाई परिपत्र गरेको थियो ।

अवकासको अग्रिम जानकारी दिदा काममा बाधा पुग्ने र आन्दोलन हुने भएकोले शनिबार मात्रै सूचना टास गरेको उनले बताए । शनिबार बिहानसम्म प्रेस चलेको थियो ।